Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको पुर्वी भेगमा असिना पानीद्धारा साढे ४० लाख वरावरको क्षति

Published on 8:27:00 PM //


पि.एम.मगर
गुल्मी, वैशाख १५ । हालै परेको असिनाका कारण गुल्मी क्षेत्र नं. १ का सात वडा गाविसमा झन्डै ४० लाख ५० हजार वरावरको फलफुल तथा अन्नवालीमा क्षति पु¥याएको कृषि सेवा केन्द्र जोहाङ्गले जनाएको छ । सेवा केन्द्र अन्तर्गतका ठुलोलुम्पेक, लिम्घा, अस्लेवा, हँसरा, जोहाङ्ग, जुनियाँ, भार्से लगायतका स्थानमा सुन्तला १ हजार २ सय ६० वोट, हिउँदे फलफुल अन्तर्गत आरु, आरुवखडा, नास्पाती, चिवी, खुर्पानी १ हजार ८ सय ७० वोट, सदावहार फलफुल अन्तर्गत १ सय ५ वोटमा लागेको फल सहित पुर्ण रुपमा असिनाले क्षति पु¥याएको छ । त्यस्तै ८ रोपनी जग्गामा लगाईएको वेमौसमी तरकारी वाली, १ सय ७० रोपनीमा लगाईएको गहुँ वाली, २५ रोपनी जग्गामा लगाईएको चना वाली पुर्ण रुपमा क्षति भएको कृषि सेवा केन्द्र जोहाङ्गका प्रमुख मुक्तिप्रसाद भण्डारीले वताउनुभएको छ । सो क्षेत्रमा केही दिन अघि ठुलो असिना पानीको वर्षा भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग