Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानी रोकिएसँगै कृषकहरु खेतवारीमा वाली लगाउन व्यस्त

Published on 9:08:00 PM //


पि.एम.मगर
गुल्मी, वैशाख ०९ । शुक्रवार दिउँसोदेखि लगातार परेको सिमसिम पानी सोमवार विहानवाट रोकिए लगत्तै कृषकहरु खेतवारीमै व्यस्त देखिएका छन् ।
खाली रहेका खेतवारी खनजोत तथा मल फाल्न साथै मकै, तरकारी लगायतका वाली लगाउन उनीहरु यतिवेला व्यस्त वनेका हुन । केही कृषकहरुले खेतवारीमा मकै लगाएपनि धरैको भने अझै मकै तथा तरकारी लगाउन वाँकी रहेको छ । खाली वारीहरुमा वाली लगाउन वाँकी रहेका कृषकहरुलाई भने अहिलेको वर्षा वरदान नै वनेको छ । मकै तथा तरकारीहरु लगाउन वाँकी रहेका कृषकहरुको लागि भने वारी राम्रोसँग भिजेपछि उनीहरु निक्कै खुशी देखिएका छन् । वैशाकको यो गर्मी मौसममा पनि गुल्मी लगायत आसपासका क्षेत्रमा तीन दिनसम्म लगातार पानी पर्दा चिसोको महसुस हुनुका साथै जनजीवन पनि प्रभावित वनेको थियो । लगातारको पानी र चिसोले गर्दा विशेष गरी वालवच्चा र वृद्धवृद्धाहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर देखा परेको छ । मौसमको वदलीले ज्वरो, श्वासप्रश्वास, रुघाखोकी लगायतले सताउने गरेको छ । सोमवार दिउँसोदेखि आकाश खुल्दै गएपछि भने जनजीवन सामान्य वन्दै जानुका साथै न्यानो पनि वढ्दै गएको छ । त्यस्तै लगातारको पानीले अवरुद्ध वनेका ग्रामिण क्षेत्रका मोटरवाटोहरु सोमवार दिउँसो देखि सञ्चालनमा आएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग