Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कागजमा महिला शिक्षक, पढाउँदै पुरुष शिक्षक

Published on 1:02:00 AM //


प्रेम सुनार
बैशाख १२, गुल्मी । जिल्ला शिक्षा कार्यालय गुल्मीले यस जिल्लामा अनियमित विद्यालय र शिक्षक छैनन भनेर घोषणा गरेको तिन महिना नाघि सक्यो तर ब्यबहारमा भने कतिपय विध्यालमा कागजमा महिला शिक्षक, पढाउँदै आएका छन् पुरुष शिक्षकले । ज्ञानोदय प्राथामिक विध्यालय अर्वेनी ८ मा यस्ता अनियमित शिक्षक रहेका हुन् ।
त्यस विध्यालयमा गत वर्षदेखि महिला शिक्षक जानकी न्यौपानेको नियुक्तीमा पुरुष शिक्षक नारायण न्यौपानेले पढाएका हुन् । यस सम्वन्धमा त्यस क्षेत्रका श्रोत ब्याक्ति हुमाकान्त न्यौपानसंग सम्पर्क राख्दा उनले त्यो थाहा पाएर तत्काल उनलाई राजिनामा गर्न लगाई नयाँ नियुक्तिका लागि जिल्ला शिक्षा कार्यालयमा अनुमति माग्न लगाएको बताए । ‘मैले पनि सुनेको छु’ उनले भने–‘मैले उक्त प्रकृयाका लागि ताकेता गरेको छु’ । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले पनि त्यहाँ अनियमित शिक्षक रहेको स्विकार गरे । उनले भने ‘अहिले नै समचार बनाउन त किन प¥यो र हामीले तत्काल प्रकृया अगाडी बढाएर त्यसो भईरहन दिदैनौं ।’ उनले थपे ‘अव त्यस्ता अनियमितता हटाईने छ ।’
स्थानियबासी भन्छन् संचार माध्यममा नगए अझै दुईचार वर्ष मिलोमोतो कमिशन र राजनैतिक संरक्षणमा त्यसरी नै पढाउने छाँट छ । तर हेरौ जिल्ला शिक्षा अधिकारीको त्यो प्रतिबद्धता ब्यबहारमा कत्तिको लागु हुने हो । जिल्लाका अन्य थुप्रै विध्यालयहरुमा पनि अनियमित शिक्षक रहेको बुझिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग