Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हराईरहेका व्याक्ति खोलमा मृत फेला

Published on 1:07:00 AM //


पि.एम.मगर
गुल्मी, चैत्र २० । हिजोदेखि हराईरहेका गुल्मी वामी गाविसका एक व्याक्ति आज वडिघाट नदीमा मृत फेला परेका छन् । वामी गाविस वार्ड नं. १ पल्टार निवासी ३० वर्षीय विजय कुमाल राना आज विहान सोही गाविसको झेडी दोभान नजिकै वडिघाट नदीको विचमा मृत फेला परेका हुन् ।
शवलाई वामी प्रहरी तथा स्थानीयवासीको सक्रियतामा खोला वाहिर निकाली आवश्यक अनुसन्धानपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल तमघास ल्याईएको छ । आज विहान करिव ९ वजेतिर नजिकैको खेतमा मकै खन्दै गरेका खेतालाहरुले रानाको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । कुमाललाई हिजो दुई पटकसम्म खोलावाट फर्काइएको पारिवारीक श्रोतले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग