Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटना हुँदा ९ जना घाईते

Published on 1:43:00 PM //


सीता भण्डारी
गुल्मी,२७ चैत । गुल्मीको वलिथुम गाविसमा आज विहान जिप दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । वलिथुमको सानो लुम्पेकवाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १३०७ नं.को जिप सोही गाविसको वार्ड नं ९ स्थित धारापानिमा आज विहान सडकमै पल्टीँदा वलिथुम गाविसका भिमवहादुर विक, चेतमान पुन, हरि घर्ति, हरि भण्डारी, टीकारामा पराजुलि, चन्द्रिमाया घर्ति, चन्द्रकुमारी श्रेष्ठ, राधा वुढाथोकि र अस्लेवा १ का रामु पाण्डे घाईते भएको वलिथुमबाट गोविन्द पेमिले जानकारी दिनुभएको छ । घाईतेहरुको हात खुट्टा तथा शरिरका विभिन्न स्थानमा चोट लागेको छ भने उनिहरुको अवस्था समान्य रहेको वताईएको छ । घाईतेहरुलाई उपचारका लागि सदरमुकाम तम्घास ल्याईएको छ । उकालो वाटोमा व्रेक फेल भएपछि जिप पछाडि गुडेर सडकमै पल्टेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग