Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा संघ गुल्मीद्वारा विरामीलाई फलफुल वितरण

Published on 1:13:00 AM //

प्रेम सुनार
जेठ १, गुल्मी । स्थापना दिवसको अवसरमा आज युवा संघ गुल्मीले तम्घास अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा युवाहरुले कुनै न कुनै न कुनै सर्जनशिल र सेवामुखी कार्य गरौं भन्ने उद्देश्य लिएर विरामीहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाउन लागिएको संघका जिल्ला अध्यक्ष कृष्ण बिश्वकर्माले बताए ।

२०४७ सालदेखि आफ्नो संगठनले युवाहरुलाई संगठित गर्दै देश र समाजलाई परिवर्तनको दिशामा डो¥याउन महत्वपुर्ण भुमिका खेल्दै आएको दावि गर्दै अध्यक्ष विश्वकर्माले अवका दिनहरुमा युवाहरुले थप सिर्जनशिल र जन सेवामा समर्पित हुने कुरामा जोड दिए । संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डे , सचिव सोमनाथ सापकोटा,युवा संघ गुल्मीका ईन्चार्ज गणेश श्रीपाली, निवर्तमान अध्यक्ष कृष्ण भण्डारी, उपाध्यक्ष मोहन पाण्डे लगायतले फलफुल वितरण गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग