Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लडेर एकको मृत्यु, १० बर्षिय बालकको बिचल्ली

Published on 12:54:00 PM //


प्रेम सुनार
जेठ १, गुल्मी । गुल्मीको दुविचौरमा हिजो साँझ भिरबाट लडेर एक ब्याक्तिको मृत्यु भएको छ । दुविचौर गाविस वडा नम्वर ८ वसारीगाउँ निवासी ५५ वर्षिय पदमबहादुर कार्कीको  गए राती साढे दुई वजेतिर वुटवल उपचार गर्न लैजाने क्रममा पाल्पाको दोभानमा मृत्यु भएको हो ।
हिजो साँझ सवा सात वजेको  समयमा घर नजिकै घाँस लिएर आउने क्रममा उपल्लो मोटरबाटोबाट करिव १० मिटर तल खसेर कार्की घम्भीर घाईते भएका थिए । तम्घास अस्पतालले पाल्पा रिफर गरेको तर पाल्पा पनि उपचार हुन नसकेपछि बुटवल लैजादै गर्दा पाल्पाको दोभानमा मृत्यु भएको वडा नागरिक मञ्चका अध्यक्ष कृष्णबहादुर बस्नेतले बताउनु भयो । कार्कीका जेठा छोरा १०वर्षदेखि बेपत्ता छन् । एक छोरा बेग्लै बस्छन्  र श्रीमतिको पनि मृत्यु भई सकेकोले बाबुसंग वस्दै आएका १० वर्षिय छोरा दिपक विचल्लीमा परेको  बस्नेतले बताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग