Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरवाट लडेर एक महिलाको मृत्यु, पौडी खेल्दा डुबेर अर्का एकको मृत्‍यु

Published on 6:19:00 PM //


पि.एम.मगर
गुल्मी, वैशाख २१ । गुल्मीको मरभुङ्ग गाविसमा भीरवाट लडेर एक महिलाको मृत्यु भएको छ । मरभुङ्ग ३ सिम्लीकोट स्थित भ्यागुते भिरवाट लडेर पुर्कोट गुल्मी घर भएकी सुरेश परियारकी श्रीमति २९ वर्षीय सरिता परियारको मृत्यु भएको हो ।
मृतक परियारको ५ वर्षीय १ छोरा र ४ वर्षीया १ छोरी छोरी छन् । आफ्नी आमाको १३ औँ दिनको पुण्य तीथिमा माईत आएको वखत घर नजिकै रहेको उक्त भिरवाट लडेर मृत्यु भएको त्यहाँवाट सहयोगी कमल नेपालीले जानकारी दिनुभएको छ ।
उता बुटवल १२ का एक किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुटवलको तिनाउ खोलामा साथीहरुसंग पौडी खेल्न पुगेका १४ बर्षिय अनिश केसी पानीमा डुबेर बेहोस भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । उनको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग