Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका मकै विउ उत्पादक कृषक र सहकारीवीच अन्तर्कृया

Published on 10:00:00 AM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ७ । समुदायमा आधारित विउ उत्पादक कृषक समुह र सहकारीहरुको दिगोपनको लागि हाम्रो भूमिका विषयक एक दिने अन्तर्कृया कार्यक्रम मंगलबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।
लिवर्ड पोखरा, जिल्ला कृषि विकास कार्यालय गुल्मी र पहाडी मकैवाली अनुसन्धान परियोजनाको संयुक्त आयोजनामा विउ उत्पादक कृषकहरुका लागि लक्षित गरेर उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा मकै विउ उत्पादक कृषकहरुले समूहमा प्रचार प्रसारको कमीका कारण कृषकहरुलाई मकैको विउ कसरी छोड्याउने र कसरी भण्डारण गर्ने भन्ने वारेमा जानकारी नहुँदा आफुहरुले चाहेको मात्रामा विउ उत्पादन गर्न नसकेको वताएका थिए । उनीहरुले अन्तर सहकारी तथा संघ संस्था विच समन्वय नहुँदा कृषकहरुले आफुले उत्पादन गरेको विउ भन्दा वाहिर जिल्लावाट आयातित विउलाई प्राथमिकता दिने गरेको गुनासो समेत गरेका थिए । गुल्मी जिल्लामा सन २०११ देखि संचालित पहाडी कमैवाली अनुसन्धान परियोजना अन्तर्गत चौंथो चरणमा यहाँका कृषकहरुले विभिन्न जातका मकैका विउहरु उत्पादन गरि वुटवल, चितवन, सुर्खेत, जाजरकोट लगायतका जिल्लाहरुमा निर्यात गर्दै आईरहेका छन् ।
हाल यस जिल्लाको सिमिचौर, पुर्कोटदह, दरवार देविस्थान, अमर अर्वाथोक, वडागाउँ लगायतका गाविसहरुमा देउती, मनकामना, रामपुर कम्पोजिट, रेसुङ्गा कम्पोजिट गुल्मी दुई नामक मकैका विउहरु उत्पादन गर्दै आईरहेका छन् । कार्यक्रममा पहाडी मकैवाली अनुसन्धान परियोजनाका क्षेत्रीय प्रतिनिधि रमेशराज पुरीले परियोजना भनेको निश्चित अवधिका लागि मात्र संचालन हुने हुँदा भविष्यमा जिल्लामा संचालित सहकारीको दिगोपनका लागि जिल्ला कृषि विकास कार्यालयको भूमिका के हुने भन्ने खोजिका लागि उक्त अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको वताउनुभयो । जिल्लाका विभिन्न सहकारी लगायत मकै विउ उत्पादक कृषकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी, ली बर्डका कार्यक्रम अधिकृत किरण वस्नेत लगायतले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग