Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सगरमाथाबाट हाम फालेर कीर्तिमान (भिडियोसहित)

Published on 2:24:00 AM //

काठमाडौं, जेष्ठ १६ । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट हाम्लेर रुसी नागरिकले कीर्तिमान कायम गरेका छन् । रुसका चर्चित खेलाडी भ्यालेरी रोजोभले सगरमाथाको उत्तरी भागबाट सफलतापूर्वक फाल हानेर आधार शिविरमा झरेका हुन् । ४८ वर्षीय रोजोभले सगरमाथाबाट हाम्फाल्न दुई वर्षदेखि तयारी गरेका थिए ।

उनी विशेष प्रकारको विङसुटको सहायताले सगरमाथाबाट हाम्फालेको थिए । चार जना नेपाली शेर्पाको सहयोगमा सगरमाथाको चुचुरोबाट फाल हालेको भिडियो उनकै टोलीमा रहेका शेर्पाहरुले सार्वजनिक गरेका छन् ।

सगरमाथाको हीरक महोत्सवको दिन पारेर उनी चुचुरोका उत्तरी क्षेत्रबाट हाम्फालेको बताईएको छ । उनी चार दिनको समय लगाएर सगरमाथा चढेका थिए ।

हाम फाल्ने क्रममा लेक लाग्ने डर लागेता पनि आखिरमा सफलता पाएकोमा उनले खुशी ब्यक्त गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग