Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुन्तलाले हर्दिनेटाको मुहार फेर्दै

Published on 3:02:00 AM //


प्रेम सुनार
जेठ ९, गुल्मी ।  २०३९ सालतिर गुल्मीको हार्दिनेटा ६ काउले गाउँका दण्डपाणी पन्थले मकै खेती गर्ने बारीमा सुन्तलाका बेर्ना ल्याएर रोप्दा स्थानियबासीलाई महिनौ सम्म गिल्ली गर्ने गतिलो खुराक बनेको थियो  । कस्तो होस गुमेको मान्छे होला आटो खाने पाटोमा सुन्तलाका बेर्ना ? कहिले हुर्केलान् र खाला, आकशको फल आँख तरी मर भने झै अव त्यसले आटो कहाँबाट ल्याएर खाने होला भनेर गिल्ली गर्थे स्थानियबासीले तर आहिले त्यही बारीमा कोदो मकैको चौगुना आम्दानी लिन थालेका छन् उनका छोराहरुले ।

दण्डपाणीको अहिले मृत्यु भयो तर हर्दिनेटाको सुन्तला खेतीको चर्चामा उहाँ अहिले पनि जिवित र त्यो गाउँमा सुन्तला रहेसम्म जिवित नै रही रहने ब्याक्ति बन्नु भएको छ । ‘उहाँबाट सुरु भएको सुन्तला खेती अहिले त्यस काउले गाउँको ५५ देखि ६० घरधुरीमा फैलिएको छ’ कृषकहरुलाई ब्यबसायिक खेतीतर्फ डो¥याउँदै आईरहेको संस्था नवप्रभात युवा संघ हर्दिनेटाका कार्यक्रम संयोजक धातानन्द भुषालले भने "२२ लाखको सुन्तला र ८ लाखको तरकारी सहित ३० लाख चोखो आम्दानी लिए गत वर्ष यहाँका कृषकहरुले ।"
उता त्यस गाउँलाई जिल्ला कृषि विकास कार्यालयले सुन्तला पकेट क्षेत्र पनि घोषण गरेकोले सुन्तला खेतीमा अझ प्रगति हुने भुषालले बताए । ‘जिल्ला कृषि विकास कार्यालय र संघको संमन्वयमा तरकारी खेतीमा सिंचाईका लागि हजार लिटरका दरले आकाशे पानी संकलन घैँटाहरु कृषकहरुको घर घरमा बनाइएको छ’ भुषालले भने ‘पानीको अभाव भएको सुख्खा डाँडा भएर के भो र ? यहाँका कृषकहरुले वाह्रैमासा सिँचाई हुने बेसी खेतका कृषकले भन्दा चौगुना आम्दानी लिएका छन् ।’
‘काउले गाउँमा भएको यो प्रगतिबाट छिमेकीहरु आकर्षित भएका छन्’ भुषाले थपे ‘चोँयगामा एक हजार खाडलहरु खनेर सुन्तला लगाउने तयारी भैरहेको छ ।’ अहिले सरदर प्रति घरधुरी वार्षिक ५० हजार रुपैयाँ सुन्तला र तरकारीबाट आम्दानी लिन्छन् ति मध्ये सवै भन्दा बढि आम्दानी उनै स्वर्गिय दण्डपाणी बा’का छोराहरुले वार्षिक डेढ देखि २ लाख रुपैयाँसम्म लिने गर्नु भएको छ भुषालले भने यो गाउँ सुन्तला पकेट क्षेत्र हुनुमा उहाँको देन छ ।’ उनका अनुसार हर्दिनेटाका कैयौ विदेश जान भिषा हातमा लिएर बसेका युवा युवतीहरु समेत विदेश हापेर ब्यबसायिक तरकारी र सुन्तला खेतीमा लागेका छन् ।
स्थानिय शिक्षक समेत रहेका विष्णुप्रसाद पन्थ विउ, विजन उत्पादनको नर्सरी सञ्चालन गर्दै आएका छन् । उनको बारीमा कोदो मकै फल्दैन पुरै सुन्तलाको वोटहरु हुर्किँदै छन् । उनि सहित प्रत्येक घरधुरीका बारीमा सुन्तलाका बोटहरु हुर्किदै गरेको देख्न सकिन्छ । अत्यन्तै राम्रो सम्भावना र त्यहाँका कृषकहरुको पौरख देखेपछि सिङ्गो हर्दिनेटा गाविसलाई सुन्तला पकेट क्षेत्र घोषण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
‘२१ सय वेर्ना लगाउँदै रहेका छौ उनले भने ५० वोट भन्दा तल लगाउने कृषकहरु हाम्रो प्राथामिकतामा पर्दैनन त्यो भन्दा माथी विरुवा लगाउनेहरुलाई विरुवामा ५० प्रतिशत छुट र प्याकिङ्ग चार्जमा पनि दश प्रतिशत छुट अनि हाम्रो प्रविधिक पनि त्यहीँ राखेर सुन्तला खेती गर्न त्यहाँका कृषकहरुलाई प्रोत्साहित गरिएको छ ।’ उनका अनुसार सो कार्यालयले जिल्लाका १५वटा गाविसलाई सुन्तला पकेट क्षेत्र घोषण गरिसकेको छ । जिल्लाको अर्खेल, भाडगाउँ, नयाँगाउ, पिपलधारा, हाडहाडे, पुर्कोटदह, भनभने, गौँडाकोट लगायतका गाविसहरु स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिन्छन् । वार्षिक करोडौंको सुन्तला उत्पादन हुने यस जिल्लाको कृषि उत्पादन तर्फ कफि पछि सुन्तला दोश्रो ठुलो आम्दानीको श्रोत हो । त्यस्तै हाल आएर तरकारी र अदुवा तेश्रो ठुलो आम्दानीको श्रोत बनेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग