Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला प्रशासन गुल्मीको घुम्ती शिविर कहाँ कहिले?

Published on 2:55:00 AM //


प्रेम सुनार
जेठ १२, गुल्मी । सरकारी सेवाको पहुँच सर्वसाधरणमा सहज र सर्वशुलभ गराउने उद्देश्य साथ जिल्ला प्रशासन कार्यलय गुल्मीले गाउँ-गाउँमा घुम्ती शिविर लैजाने क्रमलाई तिब्रता दिएको छ ।
दर्जनौँ विकट गाविसमा एकिकृत घुम्ती शिविर सम्पन्न गरे लगत्तै जेठ १४ गते थप अन्य गाविसहरुमा नागरिकता वितरण र फोटो सहितको नामावली संकलनका लागि प्रशासनले घुम्ती सेवा सञ्चालन गर्न गईरहेको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिए । उनका अनुसार जेठ १४, १५ र १६ गते मजुवामा शिविर सञ्चालन गरी तुराङ् गाविस लगायत आँपचौर, जुभुङ्ग, वलिथुम र रुपाकोट गाविसका सेवाग्राहिहरुलाई सेवा प्रदान गरिनेछ । त्यस्तै जेठ १६ गते क्षेत्र नम्वर १ कै ठुलोलुम्पेक गाविसको देउरालीमा शिविर राखि त्यस गाविस र छिमेकी अस्लेवा गाविसका नागकिलाई नागरिकता वितरण र फोटो सहितको मतदाता नामावली संकलन गरिने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर घर्तिले बताए ।
त्यस्तै  उनका अनुसार त्यस क्षेत्रको विशुखर्क वलीवाङ्गमा १७, १८ र १९ गतेका दिन दिब्रुङ्ग र हर्राचौरबासीललाई सेवा प्रदान गरिने छ । प्रशासनले जेठ २०, २१ र २२ गते शन्तिपुरमा शिविर राखी शान्तीपुर, हरेवा र ग्वाघाका नागकिहरुलाई सेवा प्रदान गर्ने भएको छ । १ नम्वर क्षेत्रकै जोहाङमा शिविर राखी त्यस गाविसका अलावा जुँनिया, भार्से, हँसरा र लिम्घाका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिने छ ।
त्यस्तै क्षेत्र नम्वर २ को रिडीमा जेठ १४ र १५ गते शिविर राखी रुरु, थानापति र ग्वादीमा सेवा प्रदान गरिने छ । त्यस्तै खर्ज्याङमा १८, १९ र २० गते शिविर राखी त्यस गाविस र दौँघा, हर्दिनेटा, अमरअर्वाथोक, दरबारदेविस्थामा सेवा प्रदान गरिने छ । वस्तुमा जेठ १४, १५ र १६ गते त्यस गाविस, जैसीथोक र धुर्कोट रजस्थबासीले सेवा पाउने छन् भने क्षेत्र  नम्वर ३ कै दर्लामचौरमा २२, २३ र २४ गते शिविर राखी ईस्मा रजस्थल, दोहली, दर्लामचौर र हस्तीचौरबासिलाई सेवा प्रदान गरिने छ । हाडहाडेमा १७ र १८ गते त्यस गाविस र भनभनेमा सेबा प्रदान गरिने छ । पिपलधारमा जेठ २० र २१ गते त्यस गाविस र नयाँगाउमा सेवा प्रदान गर्ने छ । अर्जेमा १९ र २० गते अमरपुर र छापाहिलेमा सेबा प्रदान हुनेछ ।
सिमलटारीमा १५, १६ र १७ गते भरभुङ्, घमिर, सिर्सेनी र वाग्लाका जनताले नागकिता र फोटो सहितको मतदाता नामावलीका साथ थप अन्य सेवाहरु पाउने छन् । त्यसैगरी रानीबासमा १६, १७ र १८ गते शिविर सञ्चालन गरी बम्घा, रिमुवा, बलेटक्सार र दिगामा सेबा प्रदान गर्नेछ । विरबासमा १९, २० र २१ गते पल्लीकोट, विरबास, हुँगा र गौँडाकोटमा सेबा प्रदान गरिने छ । आ–आफ्नो गाविसमा तोकिएको मिति हेक्का राखी सेवा लिनका लागि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले आग्रह गरेका छन् ।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग