Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भवन भत्किएको १७ दिनपछि महिला जिवितै उद्दार (भिडियो सहित)

Published on 5:31:00 AM //

ढाका, वैशाख २७ - बंगलादेशमा भवन भत्किएको १७ दिनपछि एक महिलाको जिवितै उद्दार गरिएको छ । रेश्मा नामकी ती महिलालाई दोस्रो तलाबाट उद्दार गरिएको बताइएको छ । उनलाई गम्भीर चोट नलागेको अधिकारीहरुले बताएका छन् ।

उद्दार कार्यमा जुटेकाहरुले ८ तले उक्त भवन भत्कदा मृत्यु हुनेको संख्या एक हजार नाघेको बताएका छन् । ५ वटा गार्मेन्ट उद्योग रहेको उक्त भवन राजधानीनजिकै साभारमा थियो ।

आज बिहान दोस्रो तलामा सिमेन्टको थुप्रे हटाउँदै गरेको सैनिकहरुले मलाई बचाउनुस् भन्दै महिला कराएको आवाज सुनेपछि सयौं सैनिकहरु जुटेर तुरुन्तै स्थान खाली गराएका थिए । उद्दारकर्ताले ती महिलालाई तुरुन्तै पानी र विस्कुट दिएका थिए । त्यसपछि फलामको रड काटेर उनलाई त्यहाँबाट निकालिएको थियो ।

उनलाई तत्कालै घटनास्थलभन्दा अलि परको आर्मी अस्पतालमा लगिएको थियो । उनी हिडडुल पनि गर्नसक्ने अधिकारीहरुले बताएका छन् । उनले आफू २ दिनदेखि भाकै रहेको बताएकी छन् । आफूले बस्नको लागि सुरक्षित ठाउँ पाएको उनलाई उद्दृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । उनले दुई दिन अघिसम्म आफूले बिस्कुट र ड्राइ फुड खान पाएको बताएकी छन् ।

भवन भत्किएपछि भग्नावशेषमा प्रशस्त पानी र अक्सिन प्रवाह गरिएका कारण ती महिला जिवितै रहन सफल भएको उद्दारमा संलग्नहरुले बताएका छन् ।

गत नोभेम्बर महिनामा पनि गार्मेन्ट कारखानामा आगलागी हुँदा ११२ व्यक्तिको मृत्युभएको थियो । यतिखेरको यो गार्मेन्ट कारखानाको घटनाले सोही सम्झाएको छ ।

बङ्गलादेशको टेक्सटाइल उद्योग २० अर्ब अमेरिकी डलर बराबर रहेको बताइन्छ भने यस उद्योगमा रहेको कमजोर सुरक्षा व्यवस्थाका बारेमा समय समयमा चिन्ता व्यक्त गर्ने गरिन्छ ।

भत्किनु एक दिन अगाडि नै उक्त भवनमा चर्किएको अवस्थामा देखिएको त्यहाँ कार्यरत कर्मचारीले बताएको जनाइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग