Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नि:शुल्क स्वाथ्य शिविर सम्पन्न

Published on 1:02:00 AM //

सीता भण्डारी
गुल्मी, १७ जेठ । गुल्मीको ईस्मा रजस्थलमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिला वालवालिका तथा जिल्ला विकास समिति गुल्मी र जिल्ला महिला समन्वय समितिको आयोजना, लुम्विनी मेडीकल कलेज प्रवास पाल्पाको प्राविधिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी र ईस्मा रजस्थल गाविसको समन्वयात्मक सहयोगमा एक दिने महिला स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्त्रीरोग, वालरोग, जनरल मेडिसिन लगायतका सेवाहरु प्रदान गरिएको शिविरमा स्त्रीरोग तर्फ ४ सय १ जना, जनरल तर्फ २ सय ६८ जना र वालरोगमा ४ सय ४जनाको स्वाथ्य परीक्षण गरिनुका साथै नि:शुल्क रुपमा औषधि वितरण गरिएको थियो । शिविरमा लुम्विनी मेडिकल कलेजका १० जना स्वाथ्यकर्मिको टोलिले विरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सम्वन्धि परामर्श दिएका थिए ।
महिला समन्वय समिति सदस्य ललिता गौतमको सभापतित्व रहेको शिविरको उद्घाटन कार्यक्रममा, प्रमुख अतिथी स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, विशेष आतिथी नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य भरतवहादुर चन्द, लुम्विनी मेडिकल कलेजको तर्फवाट कृष्णप्रसाद पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी आनन्दपुर माध्यमिक बिद्यालयका विधार्थीले स्वागत गीत प्रस्तुत गरेका थिए । महिला समन्वय समिति सदस्य गीता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन निशाा केसीले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग