Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुपाकोटबाट १७ जना एमाओबादीमा प्रवेश

Published on 3:18:00 AM //


प्रेम सुनार
जेठ १८, गुल्मी । गुल्मीको रुपाकोट गाविसबाट कांग्रेस, एमाले पार्टी परित्याग गरी १७ जना दलित अगुवा कार्यकर्ता एकिकृत नेकपा माओबादीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल दलित संघ रुपाकोटका अध्यक्ष ओमबहादुर नेपालीको नेतृत्वमा तेजेन्द्र नेपाली सहित  ११ जना कांग्रेस कार्यकता र नेकपा एमाले निकट जातिय मुक्ति समाजबाट कमानसिंह नेपाली र कुमारी नेपालीको नेत्वमा  ६ जना सहित १७ जना एकिकृत नेकपा माओबादीमा प्रवेश गरेको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।
सो पार्टीको भातृ संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले रुपाकोटमा आयोजना गरेको भेलामा उनिहरु पार्टी प्रवेश गरेको जिल्ला संयोजक सुदर्शन वरालले जानकारी दिनुभयो । भेलाले नव प्रवेशी ओमबहादुर नेपालीको अध्यक्षतामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रुपाकोट गाउँ कमिटि गठन गरिएको मोर्चाका जिल्ला अध्यक्ष चन्द्रबहादुर बिश्वकर्माले बताउनु भयो । ‘उहाँहरु मेरै आतिथ्यतामा आयोजित भेलामा पार्टी प्रवेश गनु भएको हो’– बिश्वकर्माले भन्नु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग