Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसपालिको एस.एल.सीमा को बन्यो गुल्मी प्रथम? कस्ले कती अंक ल्याए?

Published on 2:15:00 AM //


प्रेम सुनार
जेठ २९, गुल्मी । अहिलेसम्मको जानकारी अनुसार यस वर्ष रेसुङ्गा ईङ्गलिस बोडिङ्ग स्कुल, दरवार देविस्थान ५, चारपालाका विध्यार्थी सागरबहादुर थापा गुल्मी जिल्लाबाट एस.एल.सी दिने विद्यार्थीहरु मध्यबाट सबै भन्दा बढी अंक ल्याएर  जिल्ला प्रथम भएका छन । थापाले जिल्लाका विशिष्ट श्रेणीमा उतिर्ण ७५ जना विध्यार्थी मध्ये ८६.२५५ अंक ल्याई जिल्लामा प्रथमा स्थान पक्का पक्की गरेका हुन तर जिल्ला शिक्षा कार्यालयले यसको अधिकारिक घोषणा भने गरेको छैन ।
थापालाई पच्छ्याउँदै महेन्द्र आदर्श उच्च माध्यामिक विध्यालय वामीका नाम खुल्न नसेका विध्यार्थीले ८६ प्रतिशत ल्याएका छन् । त्यस्तै अर्जुन आवसीय उच्च माध्यामिक बिद्यालय तम्घासका हिमाल थापाले ८५.२५५ ल्याएका छन् ।
रेसुङ्ग ई.वोर्डिङ्ग स्कुल दरवार देविस्थाका १६ वर्षिय सागरले कुल अंक ६ सय ९० अंक र वामीका ति विध्यार्थीले ६ सय ८६ अंक ल्याएको बताईएको छ । अहिले सम्मको जानकारीमा यि विध्यार्थीहरुले उक्त अंक ल्याएको देखिएको भए पनि माथीबाट लेजर नआए सम्म आधिकारीक घोषणा गर्न नमिल्ने जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताए ।
जिल्ला प्रथमको सुचिमा रहेका रेसुङ्गा ई.वोर्डिङ्ग स्कुल,दरवार देविस्थानका सागर सिमिचौर ५ निवासी हुन् ।
२०६३ सालदेखि प्रवेशिका परिक्षामा सहभागि भएको त्यस विध्यालयले यस वर्ष २८ जना सहभागि मध्ये २७ जना उर्तिण गराउन सफल भएको छ । प्रिन्सीपल हरिलाल पन्थीले  दिएको जानकारी अनुसार त्यस विध्यालयबाट ६ जना विशिष्ट श्रेणीमा, २० जना प्रथम र १ जना दृतिय श्रेणीमा उतिर्ण भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग