Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सीता एयरको जहाज दुर्घटना, सबै सकुसल

Published on 12:11:00 PM //

नेपालगञ्ज – नेपालगञ्जबाट  हुम्लाको सिमिकोट उडेको सिता एयरको डोर्नियर जाहज ल्यान्ड गर्ने क्रममा आज बिहान ७ बजेर १० मिनेटमा दुर्घटना भएको छ। दुर्घटनामा जहाज सामान्य क्षति पुगे पनि सबै ५ यात्रु कुसल छन्। क्याप्टेन किरण भट्टराई र कोपाइलट दीपक शाह
ले उडाएको उक्त जाहाज ल्यान्ड गर्ने क्रममा दाया पंखाले रनवे छुँदा दुर्घटना भएको हो।

नेपाल उड्ययन प्राधिकरणका क्षेत्रीय निर्देशक भोलाप्रसाद गुरागाइँका अनुसार अवतरणका क्रममा पंखाले रनवे छोएपछि जहाजको अधिकांश भाग क्षतिग्रस्त भएको छ। प्रहरी र सेनाले उद्दार गरेका कारण जाहजमा मानवीय क्षति भएन। साथै उनीहरुको सक्रियताले जहाजमा आगो लाग्न दिएनन्।

रनवेमा कुहिरो लागेको बेला चालकद्वयले जबरजस्ती अवतरण गराएको विमानस्थल स्रोतले जनाएको छ। जेठ १३ गतेमात्र सोही विमानस्थलमा गोमा एयरको जाहज ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको थियो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग