Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका कुमाल तानसेनमा मृत भेटिए

Published on 6:06:00 PM //

तानसेन, असार ९ - तानसेनमा आज बिहान एक युवकको मृत अवस्थामा शव भेटिएको छ । पाल्पा–रिडी सडकखण्ड अन्तर्गत तानसेन–४, घुम्ती भन्ने स्थान नजिकै शव फेला परेको हो ।
गुल्मी जिल्ला मानकोट गाविस–७ का ४० वर्षिय मेगबहादुर कुमाललाई आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुमाल केही समयदेखि तानसेन–७ मा बसोवास गर्दै आएका थिए । -रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग