Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकको कुटाईबाट १३ बर्षिय विद्यार्थी बिरामी

Published on 3:03:00 AM //

गुल्मी टुडे
गुल्मी १४ जेठ । विद्यालयमा शिक्षकले विद्यार्थीलाई यातना दिन नपाईने भनेर पटक पटक सरकारले निर्देशन दिएपनि गुल्मीको धुर्कोटरजस्थलमा शिक्षकको कुटाईबाट एक विद्यार्थी विरामी परेका छन् । धुर्कोट रजस्थलको धुर माध्यमिक विद्यालयका शिक्षक मनोहर पन्थीको कुटाईबाट कक्षा ६ का छात्र १३ वर्षिय अर्जुन नेपाली विरामी भएका हुन् ।

विरामी परेको कारण गत बैशाख २६ गतेदेखि विद्यालयमा जान नसकेका नेपाली सोमबार दिउँसो शिक्षकले कुटेपछि छाद्ने विमारबाट पिडीत भएको उहाँका बुबा शेर बहादुर नेपालीले बताउनुभयो । केहीदिन अघिमात्रै एपेण्डिक्सको अप्रेसन गरेको विरामीलाई गृहकार्य नगरेको भन्दै कुटेको उहाँले बताउनुभयो । ‘२६ गतेदेखि विद्यालयमा नगएको, लेख्न सक्ने अबस्था थिएन – उहाँले भन्नुभयो – ‘ किन होमवर्क गरेनस भन्दै कोखा(पेट)मा हानेछन्, उल्टी (छाद्ने) गरेर हैरान छ ।’
विरामी छु भन्दा पनि कुटेको पिडीत अर्जुनले बताए । ‘बिरामी भएर लेख्न नसकेको भन्दा विरामी भएको त घर बस्न पर्छ स्कूल किन आएको भन्दै कुटे । ’ – उनले भने ।
आफूले विद्यालयमा छोरा विरामी भएको जानकारी गराएको भएपनि शिक्षकले कुटेको गुनासो गर्दा  प्रअ भोजराज भण्डारीले हकारेर पठाएको  शेर बहादुरको गुनासो छ । ‘मैले विरामी भन्ने जानकारी गराएको थिएँ, विरामी विदा पनि लेखेको हो थाहा हुँदा हुँदै कुट्नुभएछ – उहाँले भन्नुभयो –   तर हेडसरले २÷३ सय विद्यार्थी छन् हामीलाई के थाहा क कसलाई के हुन्छ भनेर फर्काउनुभयो । ’
विरामी नेपालीको धुर्कोट् प्राथमिक स्वाथ्यक केन्द्रमा उपचार भैरहेको छ । भर्खरै अप्रेसन गरेको विारमी छोरालाई ठूलै समस्या भयो भने आफूसंग उपचार खर्च नभएको शेब बहादुरको भनाई छ । उनले जथाभावी गर्ने शिक्षकलाई विद्यालयले सचेत गराउनुपर्ने र कुटाईबाट घाईते बालकको उपचार गर्नुपर्ने माग गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग