Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस बर्षको म्याग्दी रनिङ कप पनि गुल्मी सम्पर्क समितिलाई

Published on 5:10:00 AM //

गत जुन २ तारिख आईतबारको दिन  म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१३ लाई गुल्मी सम्पर्क समितिले आफ्नो पोल्टामा पार्न सफल भएको छ । प्रतियोगिताको फाईनल खेलमा गुल्मी सम्पर्क समितिले म्याग्दी समाज समितिलाई २-१ को अन्तरले बिजय हांशिल गर्दै म्याग्दी रनिङ कप २०१३ लाई आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
आयोजनामा  तनहुं प्रवासी उद्दार समिति,स्याङजा परिवार,एस एम टी, गुल्मी सम्पर्क समिति, नेपाल मगर संघ,खोटाङ सेवा समाज,कास्की परिवार,बाग्लुङ सम्पर्क समिति,सुदुर पश्चिम समाज,एम टी यु, पर्बत प्रबासी समाज, एन आर कोरिया र म्याग्दी समाज समिति ए र बी, गरि कूल १४ टीमले सहभागिता जनाएका थिए ।  प्रतियोगितामा तेश्रो स्थानको लागि भएको गोला नतिजा अनुसार कास्की परिवारले तनहुं प्रवासी उद्दार समितिलाई पछि पार्दै तेश्रो स्थान हात पार्न सफल भएको छ । म्याग्दी रनिङ कप २०१३ मा म्याग्दी टीमका टीम क्याप्टेन झलक आचार्यलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कार र प्रमाण पत्र बितरण गरिएको छ ।  आयोजनामा करिव पांच सय भन्दा बढिको   उपस्थित रहेको भलिबल फ्यानहरुले  चुट्के र झ्याउरे भाकाका ठेट नेपाली गीतहरुले गुन्जायमान हलमा
 सेलरोटी लगायतका थुप्रै मिष्ठान्न परिकारहरुको स्वाद लिदै प्रतिष्प्रर्धात्मक भलिबल खेलको अवलोकन गरेका थिए  ।त्यस्तै म्याग्दी रनिङ कप आयोजना स्थलमा परम्परागत रिङ खेलको साथै  कोरियाली भूमिमै सर्व प्रथम  क्यारोम सिंगल खेल समेत समाबेश गरिएको थियो । क्यारोम खेलका पारखीहरुको लागि निक्कै लोकप्रिय बनेको उक्त खेलमा कूल २१ टीमको सहभागिता रहेको थियो । जस्मा  म्याग्दीका लोक बहादुर पुनले प्रथम स्थान हांशिल गर्दै कप,प्रमाण पत्र तथा नगद पुरस्कार प्राप्त गरेका छन  ।   कार्यक्रमको अन्तमा प्रथम पुरस्कार नेरु पचास हजार रहेको  भाग्यशाली चिट्ठाको नतिजा घोषणा गरिएको थियो । जस्मा प्रथम पुरस्कार कृष्ण रानालाई परेको छ । आईतबार सम्पन्न म्याग्दी रनिङ कपको पुरस्कार बितरण समारोहमा खोलिएको भाग्यशाली चिट्ठाको नतिजा यस प्रकार रहेको छ -
प्रथम पुरस्कार- ०००९७१ कृष्ण राना
द्दितिय पुरस्कार-०००९०७ सुरज गुरुङ
तिर्तिय पुस्कार- ०००९६३ अमृत पौड्याल
सान्त्वना पुरस्कार-०००७५४ देबेन्द्र
सान्त्वना पुरस्कार-०००२१३ राजु भुजेल
सान्त्वना पुरस्कार-०००९७१ रबिन तामाङ
आयोजना स्थलमा भाग्यशाली चिट्ठाको पुरस्कार प्राप्त नगर्नु भएका बिजेताहरुले यथा शिघ्र आफ्नो अर्धकट्टी सहित म्याग्दी समाजका कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गर्नु हु  हार्दिक अनुरोध गरिएको छ ।
अध्यक्ष-०१० ३५९० ८४१० उपाध्यक्ष-०१० ५०२१ ४०४५ उपाध्यक्ष-०१० ६३८०२२३४ सचिव-०१०९८१९ १९४६ 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग