Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिजुलीको समस्या समधान गर्न क्षेत्रिय प्रमुख बोलाईयो, गुल्मी शाखा प्रमुखलाई हटाउन माग

Published on 2:40:00 AM //

प्रेम सुनार
जेठ २४, गुल्मी । प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको कार्यकक्षमा शुक्रबार बसेको राजनैतिक दल, उद्योगी-ब्यबसायी र पत्रकारहरुको बैठकले बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको समस्या समधानका लागि बुटवलका क्षेत्रिय प्रमुखलाई शनिबार गुल्मी बोलाउने निर्णय गरेको छ ।
अघिल्लो आन्दोलनमा गुल्मीलाई लोडसेडिङ मुक्त जिल्ला बनाउने प्रतिबद्धतामा आफैले हस्ताक्षर गरेर गएका क्षेत्रिय प्रमुखले त्यो प्रतिबद्धता पुरा गर्न नसकेको र गुल्मी शाखा प्रमुख नवलकिशोर गोईत र वुटवलबाट मर्मतका लागि पठाईका ईन्जीनियरसंग बार्ता गर्नुको कुनै औचित्य नरेहेको भन्दै दलका नेता, गुल्मी उद्योग वाणिज्य संघका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीले क्षेत्रिय प्रमुखलाई बोलाउने निर्णय गरेका हुन् । झण्डै ९ दिनसम्म पत्ता नलागेको फल्ट हिजो पत्ता लागेको बताईएको छ । आज दिउँसो आएको बत्ति साँझ सम्म गएको छैन् । गुल्मी शाखा प्रमुख गोईतको वेवास्ताका कारण जिल्लामा यति ठुलो समस्या आएको क्षेत्रिय कार्यालय बुटवलबाट आएका ईन्जिीनियरले बताएका छन् । उनलाई यहाँबाट हटाउने माग राख्दै नेकपा एमाले लगायतका दल, संघ संस्थाले आन्दोलन जारी राखेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग