Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘साना किसानको समस्या बुझ्न तम्घास हैन गाउँ-गाउँमा जानुस्’

Published on 3:02:00 AM //

प्रेम सुनार
जेठ २४, गुल्मी । हरेक एनजिओले गर्ने औपचारिक कार्यक्रम प्राय: सदरमुकाम केन्द्रित हुन्छन । सरकारी कार्यालय त झन सदरमुकाम केन्द्रित औपचारिक कार्यक्रम गर्दा सञ्चार माध्यमको मुख्य आलोचनाको पात्र बन्दै आएको छ । सञ्चार माध्यम र पत्रकारहरुलाई त्यसको गतिलो जवाफ दिने मौका पाए आज गुल्मीका प्रमुख जिल्ला अधिकारीले ।
हुन पनि किसानका समस्याका विज्ञ पनि शहरवासी, पशु पालकका समस्याका विज्ञ पनि उनै । ग्रामिण महिलाका समस्या र निधान सम्वन्धी कार्यक्रममा पनि सदरमुकामकै मानिस र गाउँका सिमित अगुवाहरु । हरेक औपचारिक कार्यक्रम सदरमुकाममै गर्ने र एनजिओको रकम औपचारिकतामै स्वाहा पार्ने पुरानो सँस्कारबाट असन्तुष्ट गाउँबासी साना किसान, पछाडी परेका समुदाय अन्य लक्षित वर्गको प्रतिनिधीमुलक आवाज बोले गुल्मीका सिडियो सापले ।
‘नेपालमा पश्चिमेली क्षेत्रका साना किसानहरुको समस्या र समधानका उपाय’ विषयक सार्वजानिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथी रहेका प्रजिअ कविन्द्र नेपालले सञ्चारकर्मीलाई नै लक्षित गरेर एउटा पेचिलो आलोचना गर्दै भने –‘तपाई पत्रकारहरुले नै आयोजना गरेको कार्यक्रम सदरमुकाम केन्द्रित भयो । रेडियो सगरमाथा लालितपुरको आयोजना र रेडियो रेसुङ्गाको संयोजनमा आयोजित सार्वजानिक सुनुवाई कार्यक्रममा सिडियोले थपे –‘तपाई पत्रकारहरुले हरेक कार्यक्रमहरु सदरमुकाम केन्द्रित भनेर समचार लेख्नु हुन्छ तर तपाईहरुले नै आयोजना गरेको साना किसानको समस्या बुझ्ने वास्तविक साना किसान रहने गाउँमा नपुगी सदरमुकाममा सार्वजानिक सुनुवाई कार्यक्रम गर्दा कति प्रभावकारी होला ?’
‘यहाँ त उनै अगुवा कृषक देख्छु, उनै हाकिम उनै नेता देख्छु कहिले सहभागि हुने गाउँका बास्तविक साना किसानहरु ? भन्ने प्रश्न गर्दै कार्यक्रमका अर्का बक्ता एकिकृत नेकपा माओबादीका युवाराज केसीले पनि यस्ता कार्यक्रम गउँका बास्तविक साना किसान कहाँ पुगेर गर्नुपर्ने सुझाव दिए ।
यस्तो आलोचनाका बाबजुद पनि कार्यक्रममा थुप्रै समस्याहरु उठाईएको थियो । साना किसानहरु राज्यबाट उचित प्रोत्साहन नपाउँदा आत्मनिर्भर बन्न नसकेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेको गुनासो थियो । गाउँको आफ्नो खेतबारी अरुलाई गर्न दिएर सदरमुकाममा ब्यबसाय गर्ने पाण्डे, गाउँको बारी बँझाएर सदरमुकाममै डेरा जमाएको यसै समचारदाता, अन्य पत्रकार लगायतका ब्यवसायी, कुटो कोदालो चलाउन पनि लाज मान्न थालिसकेका दलका नेताहरुले गाउँका साना किसानहरुको प्रतिनिधीत्व गरि रहँदा ति गाउँका गरिव किसानहरु सहभागि भएर कुरा बुझने दिन कहिले आउला भन्ने प्रश्न त सिडिओ र माओबादी नेताकै कुराले खडा गरेको थियो तर ति किसानहरुको समस्या भने उठाए कैयन गैरकृषकहरुले ।
दलका नेता समेत रहेका ईस्मारजस्थलका कृषक लक्ष्मी अर्यालले गोरु पाल्न र अरुबाट जोताउँदा महँङ्गो पर्ने भन्दै स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली समक्ष किसानलाई जिल्ला विकास समितिले अनुदानमा दिने गरेको हाते ट्याक्टरलाई निरन्तरता दिन माग गरे । दधिराम पाण्डेले जिल्लाका किसानहरुलाई सिंचाईको समस्या रहेका बताए । चौरासी फाँटका एक किसानले कृषि विकास कार्यालयले मल वितरण गर्दा प्रत्येक किसानको फोटो कपी मागेर झण्झट सिर्जना गरेको गुनासो गरे । ‘गाउँमा फोटो कपि गर्ने पसल छैन सदरमुकाम आउँदा तिन सय रुपैँया खर्च हुन्छ’ उनले भने ‘यो झण्झट अन्त्य गर्नुहोस ।’
नेपाल पत्रकार महासंघका उपाध्यक्ष नवराज भुषालको सुझाव थियो ‘प्रत्येक गाविसमा एकएक थान माटो परिक्षण गर्ने मेशिन जिल्ला विकास समितिले उपलब्ध गराओस् ।’ कार्यक्रममा पुर्कोटदहका शिक्षक तर साना किसान प्रतिनिधी दशरथा घिमिरे, बडागाउँका शिक्षक हरिप्रसाद छन्त्याल, वम्घाकी किसान धनमाया ज्ञवाली, थानपतीकी किसान दुर्घा ज्ञवाली लगायत गाउँका ठुलै किसान अझ भनौ तिनै साना किसानलाई कजाएर पौरख खानेहरुकै प्रतिनिधीत्व थियो । कृषि विकास कार्यालय होस कि अन्य ग्रैह्र सहकारी संस्थाका अन्य कार्यक्रम होस तिनै मोवाईल नम्वर कार्यालयको लिस्टमा रहेकाहरु बोलाईन्छ र कार्यक्रमलाई औपचारिकता दिईन्छ । यो कुरा नबुझेको टाढाको सञ्चार माध्यम रेडियो सगरमाथा ललितपुरलाई के को दोष ? भनेर भन्नेहरु पनि थिए ।
वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले सिमित वजेटका कारण साना किसानको पहुँच सम्म कार्यक्रम पु¥याउन नसकिएको स्वीकार गरे । कृषि विकास कार्यलयबाट पर्ने जे जति कार्यक्रम छन् ति कार्यक्रम दलका नेताहरुले खोलेका एनजिओ मार्फत पर्ने गर्दछन् । एउटा विरुवा देखि एक मुठी विउ विजन समेत दलका नेताहरुले छाड्दैनन । यस्तो तितो सत्य भोगेर वाँचेका गाउँका साना किसानहरु कहाँबाट के कार्यक्रम पर्छ भन्ने कुराबाट अनविज्ञ छन् ।
यस्तो कुरा अन्त्य गर्नु पर्ने अन्य दलका नेताहरुले पनि सार्वजानि सुनुवाई कार्यक्रममा सुनाए । यसै समचार दाताले गाउँमा डोजरवाला र मोटरबाटो उपभोक्ता समितिको दादागिरी अन्त्य गराउन सिडियो र एलडिओको ध्यानाकृष्ट गरायो । अव असार लाग्यो रकम फिज हुनबाट जोगाउन कृषकहरुका मुखापरी सकेका मकै खेती, कोदाको विउ नष्ट हुने गरी डोजर चलाउँ छन् । उनिहरु न्याय पाउन जिल्ला प्रशासन धाउँछन् । प्रशासनले गाउँ मै गएर मिल्नुस भन्छ र उनिहरु उल्टैथप पिडित हुन्छन् भनेर भन्दा सिडिओले त्यो अस्वीकार गरे । उनले भने ‘त्यस्ता उजुरी लिएर आउनेलाई गाउँ मै गएर मिल्नुस् भनेको मैले छैन् । ’ तर यो समचारदातासंग यथार्थ समचार ताजै छ मुसिकाट ३ को भराह चुँदरीगाउँ अमराई देउराली मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष गणेश कार्कीले जवरजस्ती कुन्दला निवासी मानबहहादुर सुनारको घरै मुनीबाट जवरजस्ती मोटरबाटो खनी दिदा उनको आटो खाने पाटो मात्रै होईन यो वर्षायाममा वासै उठ्ने खतरा बढेको छ । उनकी श्रीमति जिल्ला प्रशासन कार्यलयमा न्याय माग्न आईन् प्रशासनले गाउँ मै मिल्न भनि पठायो अहिले उनि गाउँमा न्याय नपाएपछि रात दिन न्यायका लागि पहल गरिदिन आग्राह गर्दै आँसु झार्छिन् ।
उनि त एक उदाहरण की पात्र मात्रै हुन् मोटरबाटो समितिको दादागिरीबाट जिल्लाका तमाम कृषक पिडित छन् । स्थानिय विकास अधिकारी ज्ञवालीले भने त्यो कुरा स्वीकार गरे । उनले भने ‘ एक दमै सान्धर्भिक र जायज छ हामीले गत वर्षदेखि डोजर सञ्चालनलाई नियन्त्रण गर्न निर्देशिका जारी गरेका थियौं कमी चाँही आएको छ , पुर्ण नियन्त्र गर्न भने सकेका छैनौ ।’ उनले थपे‘ मन्त्रालयले पनि कडाई गरेको छ । हामीले पनि कडाई गरेका छौ तर कतिपय उपभोक्ता समितिे टेढेका छैनन् अव हामी कार्वाही गदंछौ ।’
जिल्ला विकास समितिले मुख्य फोकस कृषि उत्पादनलाई नै गरेको उनले वताए । जिल्लाको दश वर्षे कृषि योजनालाई सफल पार्न जिल्ला विकास समितिको कुल वार्षिक वजेटको ५० प्रतिशत कृषि उत्पादन कै क्षेत्रमा विनियोजन गरिएको उनले जानकारी दिए । उत्पादित बस्तुको संकलन केन्द्र खोलिदै छ । किशानलाई अनुदानमा जोत्ने हाते टयाक्टर, प्लाष्टिक पोखरी निर्माण, टनेल निर्माणमा अनुदान, ब्यवसायीक तरकारी खेती , दुध उत्पादकलाई प्रोत्साहन जिल्ला विकास समितिको प्राथामिकतामा परेको उनले बताए ।
नेपाली कांगेंसका जिल्ला सचिव छन्द पहराई र एमालेका अध्यक्ष टोमलाल पाण्डे, गैह्रसरकारी महसंघका अध्यक्ष विष्णुप्रसाद भउडारी लगायतले कृषि क्षेत्रको कार्यक्रम वितरण गर्दा साना किशानलाई पहिलो प्राथामिकतामा राख्न संवन्धीत पक्षलाई सुझाव दिए । समग्रमा सार्वजानिक सुनुवाई कार्यक्रमले अहि कुरामा जोड दिएको थियो कि साना किशानको समस्या र समधान उनिहरुकै गाउँमा खाजिनु पर्दछ र साना किशानका नाममा ठुला किशान रदलका नेता कार्यकर्ता पोस्सीनु हुँदैनन् । यहि कुरा मनन गर्न सके सदरमुकाम केन्द्रित कार्यक्रम भए पनि प्रभावकारी हुने देखिन्छ ।
रेडियो रेसुङ्गाका कार्यबाहक अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा सम्पन्न, कार्यक्रममा  रेडियो सगरमाथाका सरोज काफ्ले  र रेडियो रेसुङ्गाका समचार प्रमुख पिएम मगरको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग