Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"अन्तराष्ट्रिय शक्ति पनि एमाओवादी कै बिश्वासमा" : सुदर्शन बराल

Published on 2:34:00 AM //

प्रेम सुनार
जेठ २५, गुल्मी । एकिकृत नेकपा माओवादी गुल्मी जिल्ला संयोजक एवं पुर्व सभाषद सुदर्शन बरालले यति बेला आफ्नो पार्टीलाई अन्तरराष्ट्रिय शक्तिले पनि विस्वाश गरेको बताएका छन् । हिजो सो पार्टीको ९ नम्वर ईलाका अन्तर्गत मुसिकोट र बडागाउँ गाउँ कमिटीको सयुंक्त बैठकलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । मुसिकोट माध्यामिक विध्यालय बडागाउँ ४ को प्राङ्गणमा सम्पन्न बैठकमा उनले अफ्नो पार्टी देशको मुख्य संस्थापक निर्णायक शक्ति भएको दावि गरे । भने ‘यति बेला अन्तराष्ट्रिय शक्तिहरुले समेत नेपालको निर्णायक शक्ति एकिकृत नेकपा माओबादी नै भएको पुष्टी अध्यक्ष प्रचण्डको चिन र भारत भ्रमणको सम्मानले पुष्टी गरेको छ ।’ उनले कार्यकर्ताहरुलाई निर्धक्क भएर चुनावी अभियानमा जुट्न निर्देंशन दिँदै भने ‘फेरी पनि जित हाम्रै हो ।’
बैठकमा ति दुवै गाउँ कमिटी अन्तर्गतका ९ वटै वडा कमिटी गठन, अन्य जनवर्गिय संगठन निर्माण गर्न ईलाका संयोजक खुमबहादुर थापाले निर्देशन दिएका थिए । असार ७ गते सम्म वडा कमिटी निर्माणका लागि वडागाउँ गाउँ कमिटी अध्यक्ष गोकर्ण सुयबंशी र सचिव यमबहादुर कार्कीलाई जिम्मा दिईएको छ ।
त्यस्तै मुसिकोट गाउँ कमिटी अध्यक्ष केशव रायमाझी र सचिव बाबुराम घिमिरेलाई जिम्मा दिईएको पनि थापाले जानकारी दिए । कार्यक्रमा ९ नम्वर ईलाका कमिटी सल्लाहकार पृथ्वीबहादुर थापाले पनि प्रशिक्षण मन्तब्य राखेका थिए । बैठक बडागाउँ गाउँ कमिटी अध्यक्ष गोकर्ण सुर्यबंशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग