Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले आश्रम पुरिँदा वृद्धवृद्धाको बिचल्ली

Published on 10:38:00 AM //

विष्णु पौडेल
गुल्मी, ८ साउन । श्रीमानको मृत्युपछि वृद्धाश्रमको सहारामा रहँदै आएकी गुल्मीको आँपचौरकी कौशिला आचार्यको फेरि बिचल्ली भएको छ । श्रीमानको मृत्युपछि घरमा सबैको हेला सहन नसकेर वृद्धाश्रमसम्म आएकी आचार्यको ७५ वर्षको उमेरमा फेरि बास उठेको छ । अस्लेवा–६ रुद्रवेणीस्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रम गत २७ असारमा माथिवाट खसेको पहिरोले पुरेपछि उनको बिचल्ली भएको हो । ‘अहिले यहाँ बस्न लागेको ४८ वर्ष भयो,’ उनले भनिन्, ‘बिहान बसिरहेको बेला एक्कासि माथिवाट ठूलो पहिरो झ¥यो, म बस्ने पौवा पनि बगायो ।’

आश्रममाथिबाट पहिरो खसेपछि सोही वृद्धाश्रममा बस्दै आएका वासुदेव पाण्डेय पनि बिचल्लीमा परेका छन् । ‘घरमा चार छोरा र तीन छोरी छोडेर धर्म गर्न यहाँ आएको यो पनि पु¥यो’ पाण्डेयले भने । पहिरोले भवन भत्किएपछि आश्रममा बस्दै आएका आचार्य र पाण्डेय जस्तै ५५ जना वृद्धवृद्धा अलपत्र परेका छन् । आश्रम माथिबाट खसेको पहिरोले आठओटा भवनमा क्षति पुगेको छ । एउटा भवन पूर्ण नष्ट भएको छ भने अन्य सातओटा भवनमा पनि क्षति पुगेको आश्रम व्यवस्थापन समितिका उपाध्यक्ष बलराम अधिकारीले बताए । ‘पहिरोले च्याप्दा एउटा भवन पूरै भत्किएको छ,’ उपाध्यक्ष अधिकारीले भने, ‘कतिपय भवनको गारो चर्किएको छ, गारो भत्किएपछि बस्न मिल्दैन ।’ भवनमा क्षति भएपछि वृद्धवृद्धालाई प्रवचन हलमा जेनतेन मिलाएर राखिएको उनले बताए । पहिरोले करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

‘हामीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन ग¥यौँ, ’ डीएसपी गुरुविष्णु काफ्लेले भने, ‘एउटा भवन पूरै भत्किएको रहेछ, अरू भवनको पनि गारो भत्किएको छ, हामीले १८ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति अनुमान गरेका छौँ ।’ कालिगण्डकी नदीको किनारमा रहेको यस आश्रममा कहिलेकाहीं एक जनासम्म वृद्धवृद्धा बस्ने गरेको आश्रमले जनाएको छ । १९८५ सालमा स्वामी तारकेश्वरले कुटीको रूपमा बनाएको आश्रम अहिले वृद्धवृद्धाको आश्रयस्थल बने पनि भवन भत्किँदा समस्या भएको छ ।

क्षतिपूर्तिका लागि प्रशासन तथा जिविसमा जानकारी गराए पनि अहिलेसम्म केही उपलब्धि नभएको आश्रम व्यवस्थापन समितिका उपाध्यक्ष अधिकारीले बताए । ७० रोपनी जमिनमा फैलिएको आश्रममा मन्दिर तथा आश्रमका लागि भवनहरू रहेका छन् । राममन्दिरमा नेपालमै सबैभन्दा धेरै २१ हजार शालिकरामसमेत रहेको आश्रम व्यवस्थापन समितिले बताएको छ । आश्रमलाई विभिन्न संघसंस्था तथा जिविस गुल्मीले सहयोग गर्दै आइरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग