Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बडिघाट खोलामा हाम फालेकि युवति वेपत्ता

Published on 2:36:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १२ साउन । गुल्मीको जोहाङ्ग गाविसमा शनिबार विहान एक युवती बडिघाटको पुलवाट हाम फालेर वेपत्ता वनेकी छन् । जोहाङ गाविस १ चोरकाटे भन्ने स्थानमा रहेको वडिघाट खोलाको पुलवाट ती युवतिले अचानक हाम फालेको स्थानीयवासीले वताएका छन् ।
खोलामा हाम फालेकी उक्त युवतीको खोजीका लागि जोहाङ्ग इलाका प्रहरी कार्यालयको एक टोली र स्थानीयवासीले खोजी कार्य गरिरहे पनि उनको अवस्था अझै अज्ञात रहेको प्रहरिले जनाएको छ । अन्दाजी २५ वर्ष उमेरकी जस्ती देखिने ती युवतिले स्थानीय वालवालिकाहरुलाई म मर्न चाहन्छु, मलाई पुलवाट घचेटीदेउ भनेपछि वालवालीकाहरु त्यँहावाट भागेको र त्यस लगत्तै उनी आफै पुलको वारमा चढेर खोलामा हाम फालेको स्थानीयवासीहरुले वताएका छन्  । उक्त युवति को हुन् भन्ने वारेमा अझै पहिचान हुन नसकेको र उनको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग