Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै बाबुबाट १२ वर्षिया छोरी बलात्कृत

Published on 8:38:00 AM //

प्रेम सुनार
साउन १२, गुल्मी । गुल्मीको बडागाउँका एक ब्याक्तिले आफ्नी १२ वर्षिया छोरीलाई बलात्कार गरेका छन् । बडागाउँ ८ निवासी ३९ वर्षिय रामबहादुर कुमालले १२ वर्षिया छोरी सानु कुमाल नाम परिवर्तनलाई वलात्कार गरेको स्वंयले बताएकी हुन् ।
साउन १० गते दिउँसो करिव २ वजेको समयमा घरमा कोहि नभएको बेला दलान बढार्न लागेकी सानुलाई समातेर भित्र लगी ढोका थुनेर झाडनले मुख थुन्दै बलात्कार गरेको उनले बताईन् । आफुलाई बेहोस हुने गरी घरमा बाबुले बलात्कार गरेको भन्दै उनले धान रोप्ने मेलामा गएकी आमासंग भनेपछि आमाले वामीटक्सार प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । प्रहरीले निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी शनिवार उनकी आमाबाट निज विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
निजले पनि आफुले बलात्कार गरेको स्विकार गरेका छन् । ‘खै त्यस दिन के भयो मलाई त्यस्तो काम गर्न पुगेँ’, उनले भने । निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक निशान्त श्रीवास्तवले यस बिषयमा अनुसन्धान भईरहेको बताए । निज बालिकाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । गरिव परिवारकी उनलाई स्थानिय अर्जुन के.सी. लगायतका गाउँबासीले १२ सय रुपैयाँ चन्दा उठाएर उजुरी दर्ता गराउन तम्घास पठाएका थिए ।
ति वालिका हिँड्न सक्दिनन र एकहोरो टोलाएर सुति रहने गरेकी छन् । "झाडनले मुख थुनेर त्यतिका बेर सम्म छोरीलाई त्यस्तो काम गरेछन् धन्न छोरीको ज्यान गएनछ" कुमालकी श्रीमतीले भनिन्, "त्यो बाउ भा’को अपराधीलाई कडा कार्वाही हुनु पर्छ ।"  ‘म दश वजे मेलामा हिँडे बाबु छोरीले मकै खोल्साउनुस भनेर हिडेँकी थिएँ के थाह बाबुले त्यस्तो कुकर्म गर्ला भन्ने ?’ उनले रुँदै भनिन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग