Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा मगर संघ युएईको ७ औं महाधिवेशन हुने

Published on 2:35:00 AM //

लालबहादुर ढेंगा
दुबई । आगामी ३० अगस्त शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा मगर संघ युएईको ७ औं महाधिवेशन सम्पन्न हुने भएको छ । वर्तमान अध्यक्ष नुनप्रसाद सोमै मगरको २ बर्षे कार्यकाल सफतापूर्वक पूरा भएको हुनाले आगामी २ बर्षे नयां कार्यसमितिका लागि अधिवेशन गर्न लागेको हो । सो निर्णय गएको २६ जुलाई शुक्रबारका दिन दुबईको याक एण्ड यति रेष्टुरेण्टमा अध्यक्ष नुनप्रसाद सोमै मगरको अध्यक्षता र महासचिव भरतराज रानाको संचालनमा बसेको बैठकले गरेको हो ।
सन् २००५ मा स्थापना भएको मगर संघ युएईले युएईस्थित रहेका मगरहरुलाई समेट्दै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै आएका छन् भने प्रवासी नेपालीहरुलाई परिआएको समस्याहरुको उद्धार पनि गर्दै आएका छन् । प्रवासमा रहेर पनि आफ्नो मौलिक भेषभूसा, भाषा र मगर संस्कृतिहरुको जर्गेना गर्दै आएको छ । मगर दिवसको अवसरमा गायक, गायिका, कलाकार र बुद्धिजीविलाई युएईमा कार्यक्रमको लागि बोलाएर हौसलाका साथ प्रोत्साहन गर्नमा पनि ठूलो भूमिका खेलेको छ ।
उक्त ७ औं महाधिवेशन गर्नका लागि हस्तराज दर्लामी मगरको संयोजकत्वमा एउटा संयोजक समिति समेत गठन गरेको छ । सम्पूर्ण व्यवस्थानका लागि सबैलाई आ–आफ्नो जिम्मेवारी कार्यविभाजन गरेको छ । जसमा होटल व्यावस्थापनमा नुनप्रसाद सोमै मगर र अशोक रामजाली मगर, व्यानर तथा व्याज व्यावस्थापनमा उपेन्द्र राना, आर्थिकमा मुक्त थापा, प्रचारप्रसारमा खुमबहादुर आले, पत्राचारमा ललितमान राना, सांस्कृतिक तर्जुमामा भरतराज राना र चियापान व्यावस्थापनमा राजु सिंजाली मगर रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग