बैदेशिक रोजगारले फेरियो मुहार (अडियो कुराकानी)
Published on
3:05:00 AM //
प्रेम सुनार
साउन १, गुल्मी । आज भन्दा झण्डै १० वर्षअघि पुग्दा उराठ लाग्दो विधवाको पहिरन । त्यो पनि मैलो र फाटेको । नाख कानमा गहना पनि थिएनन् । स–साना छोराहरु निन्याउरो चेहरामा बसी रहेका । २०६० साल साउने सक्राँन्तीकै कुरा थियो । तिजको गितले सिङ्गो भनभने गाउँ गुञ्जायमान थियो । तर त्यसै गाउँकी कृष्णकुमारी चन्दको आँखामा अश्रुधारा बगिरहेका थिए ।
त्यसको २ महिना अघि २०६० जेठ २६ गते उहाँका श्रीमान मानबहादुर चन्दको पाल्पा मिशन अस्पतालमा पेटको पत्थरी अप्रेशन असफल भएर मृत्यु भएको रहेछ । त्यो वर्षको साउने सक्राँन्तिदेखि तिजसम्म उहाँलाई तिज गित सुन्योकी गह भरीने गर्दथ्यो । भनभने महिला विकास समितिकी अध्यक्ष वसन्ता के.सी र गाविस सचिव ऋषि पोखरेलको सहयोगमा मैले ठिक दश वर्षपछि आज साउने सक्राँन्तीकै दिन विहान ति दिदीको बारेमा सोध खोज गरेँ । कस्तो छ त दिदी अहिले तपाईँको हालखवर भनेर सोध्दा उहाँको जवाफ थियो– ‘ठिक छ बाबु अहिले त छोराहरु विदेश जान थालेपछि दिन फर्केका छन् ।’
भनभने गाविस वडा नम्वर ९ गौरचना निवासी ५५ वर्षिया कृष्णकुमारी चन्दका तिन भाई छोराहरु मध्ये २ भाई कतारको रोजगारमा रहेछन् । उनिहरुको कमाईबाट कान्छा छोरा जिवन चन्द तम्घास हुँदै यति वेला बुटवलमा क्याम्पस पढ्ने तैयारी थालेका रहेछन् । ४ वर्ष अघि जेठा छोरा जगत चन्दलाई डेढ लाख ऋण काढेर विदेश पठाएकी कृष्ण कुमारीले फेरी माईला छोरा विनोदलाई पनि विदेश पठाउनु भयो ।
श्रीमान मानबहादुरको मृत्यु हुँदा डेढ, दुई लाख ऋण लागेको थियो । घर बनाउँदाको ऋण वेग्लै थियो । त्यस माथी छोराहरुको पालन पोषण, पढाई खर्चले साढे सात लाख ऋणको भारी बोकेकी कृष्णकुमारीले छोराहरुलाई विदेश पठाउनु बाध्यता थियो । नभन्दै आमाको दु:ख देखे छोराहरुले । यतिबेला दुई भाईले राम्रो आम्दानी गरेर पठाउन थालेका छन् । गएको डेढ वर्ष भित्रैमा त्यो साढे सात लाख ऋण पनि तिरियो र कान्छा छोरा जिवनलाई क्याम्पस पढाउनुका साथै घर घडेरी पनि जोडियो भन्छिन कृष्णकुमारी ।
कुनै समय थियो उहाँका छोराहरुले कसैको जाँगे मागेर स्कुल जान लाग्दा खोसेर लैजान्थे । भोकै पनि स्कुल जान्थे । आर्थिक अवस्था कम्जोर भएका कारण जेठा जगत र माईला विनोदले पुर्कोटदह उच्च माध्यामिक विध्यालयमा एसएलसी भन्दा माथी पढ्न सकेनन् । श्रीमानको मृत्यु पश्चात कतिपय महिला हरेस खाएर छोरा छोरीको विचल्ली पार्दै अन्यत्र पनि जान्छन् तर कृष्णकुमारीले छोराहरुको मुख हेरेर बस्दा अहिले छोरा बुहारी नातीहरुका साथ सुखका दिन देख्नु परेको छ ।
अतः १० वर्ष पछिको साउने सक्रान्तीको अवसरमा अहिले उहाँको अवस्था कस्तो छ त ? भनेर सहकर्मी प्रेम सुनारले सोध्नु भएको थियो, सुनौँ कृष्णकुमारीसँग गरिएको कुराकानी: