Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आरएआईडिपी गुल्मीको दुई करोड बढि रकम फ्रिज

Published on 3:19:00 AM //

निर्माण ब्यवसायीहरुबाट काममा ढिला सुस्तीको परिणाम

प्रेम सुनार
साउन १,  गुल्मी । ग्रामिण पँहुच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरएआईडिपीं) को विकास निर्माणमा गुल्मीबाट यस वर्ष  २ करोड भन्दा बढि रकम फ्रिज हुने निश्चीत प्राय: भएको छ ।
परियोजनाका समाज विकास परामर्श दाता श्यामकर्ण राईले दिएको जानकारी अनुसार सो परियोजनाले जिल्लाका चार वटा प्याकेजमा सुरु गरेको मोटरबाटो स्तर बृद्धि कार्यमा कुल बजेटको १५ प्रतिशत रकम फ्रिज हुने निश्चीत भएको छ । उनले दिएको जानकारी अनुसार आरएआईडिपी परियोजनाका लागि यस वर्ष मात्रै गुल्मीमा भ्याट सहित १४ करोड ७८ लाख रुपैयाँ रकम परेको थियो ।

काम सम्पन्न हुन बाँकी गत वर्षको २ करोड २ लाख सहित आरएआईडिपी परियोजनाले गुल्मीमा कुल १६ करोड ८० लाख रुपैयाँ खर्चिँदै थियो । यस वर्षको १४ करोड ७८ लाख रुपैयाँको काम हुनु पर्नेमा जम्मा ८५ प्रतिशत मात्रै काम भएको छ राईले भने १५ प्रतिशत रकम फ्रिज हुने निश्चीत भएको छ । यस अनुसार यस वर्षको १४ करोड ७८ लाखमा १५ प्रतिशतले कुल २ करोड १९ लाख १५ सय रुपैयाँ फ्रिज हुने भएको छ ।
उनले दिएको विवरण अनुसार तम्घास हुलाके १६ किलो मिटर सडक चौडा पार्ने र मसिना पोखरीसम्म साढे सात किलो मिटर ग्रावेलिङ्ग गर्नका लागि गत वर्ष निर्माण ब्यवसायी नारायण पोखरेलले २ करोड २ लाखमा जिम्मा लिएका थिए तर असारमा सकिनु पर्ने काम अझै सकिएको छैन । फेरी उनैले दोश्रो प्याकेजमा ल्याएको हुलाके घमिर खोला सडक स्तर वृद्धिका लागि २ करोड २७ लाख रुपैयाँ मध्ये ३७ लाख ५ हजार फ्रिज हुने भएको छ ।
त्यस्तै अर्का निर्माण ब्यवसायी हरिप्रसाद न्यौपानेले घमिरखोला सिमलटारी पुर्कोटदहका लागि जिम्मा लिएको २ करोड ६३ लाख मध्ये १५ प्रतिशतले ३८ लाख ४५ हजार फ्रिज हुने भएको छ । न्यौपानेले नै जिम्मा लिएको अर्को खैरेनी मजुवा सडक स्तर बृद्धिका लागि १ करोड ८१ लाखमा १५ प्रतिशतले २७ लाख १५ हजार फ्रिज हुने भएको छ । त्यस्तै अर्का निर्माण ब्यबसायी राम प्रसाद पन्थले जिम्मा लिएको मजुवा वामी सडक स्तर बृद्धिका लागि २ करोड ६ लाखबाट पनि ३० लाख ९० हजार फ्रिज हुने भएको छ ।
उता ड्राई सिजन रोड अर्थात सुख्खा मौसम सडक भनिने रुद्रवेण्ी पुर्तिघाट मोटरबाटो निर्माणका लागि पनि आरएआईडिपीले ३ करोड ३८ लाख छुट्टाएको थियो । त्यसमा पनि ५० लाख ७० हजार फ्रिज हुने भएको छ । त्यस्तै आरएआईडिपीले रिडी रुद्राबेणी सडक खण्डको साँघुरे भिर कटानका लागि १७ लाख छुट्टाएको थियो । आरएआईडिपीले यति ठुलो रकम दिएको छ राईले भने तर के गर्ने काममा ढिला सुस्ती हुँदा करोडौ फ्रिज हने भएको छ । सरकारको बजेट भाषण ढिला भएका काराण समयमा काम हुन नसिकेका कारण रकम फ्रिज भएको सम्वन्धीत निकायले दावी गरे पनि कमिशनका लागि बार्गेनिङ्ग गर्दा गर्दै समय खर्चिएर यसरी रकम फ्रिज हुनुको मुल कारण भएको बुद्धिजीवीहरुको विश्लेषण छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग