Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हुग्दी खोलाले बगाउँदा एकजना बेपत्ता

Published on 2:47:00 AM //

संगिता कुवँर
साउन १०, गुल्मी । खोलाले वगाएर खेतमा धान रोप्न जाने क्रममा खोलाले वगाएर गुल्मी तुराङ मजुवामा १ जना वेपत्ता भएका छन् । हुग्दीखोलाले वगाउँदा तुराङ गाविस वडा नं. १ का ४५ वर्षीय घर्ति कान्छा भनिने शेरवहादुर घर्ति वेपत्ता हुनुभएको हो । बिहीवार दिउँसो हुग्दीखोला पारी रहेको आफ्नै खेतमा धान रोप्न जाँदा खोला तर्ने क्रममा वगेर वेपत्ता भएको मजुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रविण कार्कीले जानकारी दिनुभयो ।
उहाँको दिउँसोदेखि स्थानीयवासी तथा प्रहरीको सक्रियतामा खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला नपरेको स्थानीय विश्वास पौडेलले जानकारी दिनुभयो । झोलुङ्गे पुल तरेर जाँदा ढिला हुने भन्दै खोला तर्न खोज्दा उहाँलाई वगाएको स्थानीवासिन्दाले वताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग