Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा-माओबादीका ओलीले तम्घास पुगेर कार्यकर्ता उक्साए, शिर्ष नेताहरुलाई कुटीकुटी मार्ने

Published on 3:01:00 AM //

प्रेम सुनार
साउन १०, गुल्मी । नेकपा–माओवादीका नेता चुरामणी ओली (आदर्श) ले चार दलका शिर्ष नेताहरुलाई नेपाली जनताले कुटीकुटी मार्ने चेतवानी दिएका छन् । सो पाटीले देशैभर सन्चालन गरेको विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत बिहीवार गुल्मीको सदरमुकाममा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रहेका उनले यस्तो चेतवानी दिएका हुन् । गत संबिधान सभाबाट जनताको पक्षमा ५ वटा बुँदा पनि लेख्न नसक्ने यि चार दलका शिर्ष नेताहरुले कसरी ११ बुँदा लेखेर खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्न सके ? भन्ने प्रश्न गर्दै उनले यि चारै दलका शिर्ष नेताहरुलाई अन्तराष्ट्रिय अदालतमा मुद्ध दिएर जेल हाल्नु पर्ने बताए ।
‘यदि त्यसो गरिएन भने उनिहरुलाई नेपाली जनताले अव कुटीकुटी मार्नु पर्छ’–उनले भने । ‘हामी कुनैपनि हालतमा मंसिरमा चुनाव हुन दिन्नौ’ उनले भने–‘ हामी यि भ्रष्ट नेताहरु चुनावमा उठे लाठी टाउकोमा वर्साउँछौ ।’ उनले एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई र कांग्रेस एमालेका शिर्ष नेताहरुलाई डाँका गुण्डाहरुको संज्ञा दिर्दै उनिहरुले गर्न लागेको चु्नाव नभएर युद्ध भएको आरोप लगाए । ‘हामी शान्ति पुर्ण चुनाव बहिष्कारका पक्षमा छौ त्यो भनेको लाठी हो टाउँकोमा वर्साउँ छौ,  यदि हामी माथी हतियार प्रयोग भए त्यसको जवाफ पनि दिन तैयार छौ भन्दै उनले  सशस्त्र युद्ध पनि हुन सक्ने चेतवानी दिए ।
खिलराज रेग्मीको सरकार संविधानतः अवैधानिक भएको भन्दै यो सरकार विघटन गरी सर्वदलिय सरकार गठन गर्ने र गोलमोच सम्मेलनले मात्र चुनावमा जाने की वा अन्य विकल्पबाट देशलाई निकास दिने भन्ने टुङ्गो लगाउने आफ्नो पार्टीको स्पस्ट धारण रहेको उनले बताए । चार दलका नेता र उनका कार्यकर्ता कर्मचारीहरुसंग मिलेर भ्रष्ट्राचारमा चुर्लुम्म डुवेको आरोप लगाउँदै अव उनिहरुको टाउको फोर्ने कार्य निति अगाडी सारिएको भन्दै उनले लाठी वर्साउन कार्यकर्तालाई उक्साए । सेना प्रहरी र कर्मचारीलाई केहि नगर्ने बताउँदै उनले कुनै दलललाई ईंगित नगरी हरेक दल भित्रका भ्रष्टचारीहरुको लिष्ट तयार गर्दै टाउको सेक्ने चेतवानी दिए ।
‘शहरमा बसेर राजनिति गर्ने चिल्ला कारमा सयर गर्ने र महल ठडाउने ति नेताहरुलाई जनताले कसरी भोट दिनुहुन्छ ? ’उनले यस्तो प्रश्न गरे । उनले राजसंस्था ब्युँत्याउन लागेको कुप्रचार भई रहेको भन्दै राष्ट्रियताका सवालमा राजासंग पनि सहकार्य हुन सक्ने बताए । उनि जन गणतन्त्रका पक्षमा सुध्रेर आए सहकार्य किन नहुने ?  के उनि नेपाली नागरिक होइनन् भनेर प्रति प्रश्न गरे । बिरोध सभामा नेकपा-माओवादी जिल्ला ईन्चार्ज विरबहादुर कार्की चाहल, सेक्रेटरी गोविन्द बि.क. आकशले पनि मन्तब्य राखेका थिए । विरोधसभा पछि क्रान्तिकारी पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि नेता ओलीले त्यही कुरा दोहोराए । सशस्त्र युद्ध गर्ने तयारी त छैन भन्ने पत्रकारहरुको प्रश्नप्रति सजग रहँदै उनले अहिले नै केहि भन्न नसक्ने बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग