Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वस दुर्घटनामा एकको मृत्यु, २० घाईते

Published on 9:15:00 PM //

खैरेनीमा भएको बस दुर्घटनाका तस्बिरहरु
जनार्दन घिमिरे
गुल्मी, १३ साउन । गुल्मीको जोहाङ खैरेनिवाट वुटवल तर्फ जाँदै गरेको लु १ ख ५७९४ नम्वरको वस आईतवार दिउँसो गुल्मीको हँसरा गाविस १ मा दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना घाईते भएका छन् । मृत्यु हुनेमा गुल्मी रुपाकोट गाविस ४ निवासी २२ वर्षिया स्वस्ती माझी रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दूर्घटनामा परि वस चालक गुल्मी बलेटक्सार गाविस निवासी कमल ज्ञवाली र सोलुखुम्वु काङ्जेलका गोपाल कार्की गम्भिर घाईते वनेका छन् ।
घाईते भएकाहरु मध्य ११ जनालाई जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि आईतवार नै पाल्पा पठाइएको छ । जीपलाई साईड दिने क्रममा जमिन भासिएका कारण उक्त दूर्घटना भएको प्रहरीले जानकारी दिएको छ । वस सडकवाट ५० मिटर तल खसेको छ ।
दुर्घटनास्थल र स्थानिय उद्दारकर्मिहरु । तस्बिर: ज्ञानु सापकोटा

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग