Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जजसले हारे पनि फरक पर्दैन तर अव देशले हार्नु हुँदैन: नेता आचार्य

Published on 2:24:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १२ साउन । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा तमुवान राज्य समिति ईन्चार्ज डिलाराम आचार्यले आफुहरु अवका दिनमा सिंहदरवार, सितल निवास र वालुवाटारमा मात्र सिमित नरहि अव जनताको चुल्होमा रहेको कसौंडि र दिउरी सम्म पुगि उनीहरुको दैनिक जिवनमा परिवर्तन ल्याउने दावी गरेका छन् ।
विगतमा संविधान सभाको निर्वाचन भए पनि संविधान निर्माण हुन नसक्दा जनतामा आक्रोस, पीडा र निरासा वढेको भन्दै उनले ती आक्रोश र पीडाहरु सुन्नका लागि आफुहरु चुनावी अभियानको नारा लिएर एक महिने गाउँडौडाहमा निस्केको समेत वताएका छन् । एकिकृत नेकपा माओवादी गुल्मीले शनिबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता आचार्यले उक्त कुरा व्यक्त गर्नु भएको थियो । उहाँले ठक्कर खाएपछि मात्र वुद्धि आउने जनाउँदै नेता आचार्यले मंसिर चारको संविधानसभाको निर्वाचनपछि कुनै पनि हालतमा संविधान निर्माण भएरै छाड्ने ठोकुवा समेत गर्नु भयो । “जीत जुन सुकै पार्टीको भएपनि र ज-जसले हारे पनि फरक पर्दैन तर अव देशले हार्नु हुँदैन, त्यसैले कुनै पनि हालतमा तोकिएको समयमा निर्वाचन हुनुपर्छ, यसको विकल्प छैन” आचार्यले भन्नु भयो । देशले हारेमा सवै राजनैतिक तत्वहरुले हार्ने भएका कारण अहिले हाम्रो जीत भन्दा पनि संविधान सभाको निर्वाचन तर्फ सवै दलहरुले ध्यान केन्द्रित गर्नु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।
माओवादी वैद्य समूहहरुले हिजोका निरंकुस तत्वहरुसँग मिली गलत मान्छेहरुसँग साठगाँठ गरेर निर्वाचन भाड्ने काम गरेमा त्यो उसैका लागि घातक हुने चेतावनि समेत दिनु भएको थियो । “यदि संविधान सभाको निर्वाचन अन्योलमा पर्छ भने हामी तिनका विरुद्ध आन्दोलनमा उत्रन्छौ” उहाँले भन्नु भयो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार राज कुमार शर्माले पनि जन सम्वन्ध सुधार कार्यक्रम अन्र्तगत आफुहरु जनताको आगन र दैलोमा जन थालेको वताउनु भयो । गुल्मीमा आजदेखि एकिकृत नेकपा माओवादीले चुनावी अभियान कार्यक्रम शुरु गरेको पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग