Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो स्काई आज देखि चौथो वर्षमा प्रबेश, अबदेखी रेडियो स्काई ९०.४ मेगाहर्जमा

Published on 2:45:00 PM //

संगिता कुवँर
गुल्मी, असार २३ । सामुदायिक रेडियो स्काई ८८ दशमलब ४ मेगाहर्ज आज देखि चौथो वर्ष प्रवेश गरेको छ । सामाजिक न्यायका लागि संचार अभियान गुल्मीद्धारा २०६७ असार २३ गते रेडियोले परिक्षण प्रशारण शुरु गरेको थियो ।
प्रशारणको छोटो अवधिमै जिल्लाकै एक मात्र सामुदायिक रेडियोले सर्बाधिक लोकप्रियता हासिल गर्दै यस क्षेत्रका लाखौं स्रोताहरुको मन जित्न सफल भएको छ ।
रेडियोले लाखौं स्रोताहरुको माझमा आफुलाई समुदायको सच्चा पहरेदार र समाज परिवर्तनका लागि गरेको पहललाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनहरुमा समेत समाज र समुदायका लागि आप्mनो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाएको छ । लाखौं स्रोताहरुको चाहना र नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै रेडियोले चौंथो वर्ष प्रवेशको अवसर पारेर आगामी साउन १ गते देखि फरक प्रस्तुती, थप क्षमता र नयाँ प्रविधिको साथमा स्रोता माझ आउन लागेको रेडियोले जनाएको छ ।
चौंथो वर्ष प्रवेशको अवसरमा सामुदायिक रेडियो स्काई संचालक समितिका अध्यक्ष शालिकराम पन्थीले आज एक विज्ञप्ती जारी गर्दै रेडियोलाई सफलतापूर्वक चौथो वर्षमा प्रवेश गराउन सहयोग गर्ने १ सय ३१ जना रेडियोका सँस्थापक सदस्यहरु, संचालक समिति, कर्मचारी, स्रोता, विज्ञापनदाता, सरकारी एवं गैर सरकारी संघ संस्था, कार्यालय लगायत सबैलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि रेडियोले यस्तै सहयोगको अपेक्षा गरेको स्पष्ट पार्नु भएको छ ।
‘हामी समुदायको चाहना र आवश्यकता भन्दा बाहिर जान सक्दैनौं’, अध्यक्ष पन्थीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो त्यही प्रण र प्रतिवद्धताले आज रेडियो यस क्षेत्रमै सर्वाधिक लोकप्रिय बन्न सफल भएको छ, आगामी दिनहरुमा पनि हामी समाज परिवर्तनका लागि अझै जिम्मेवारीताका साथ अगाडी बढ्ने छौं ।’ साथै यस क्षेत्रका लाखौं स्रोताहरुको चाहना बमोजिम रेडियोले आप्mनो प्रविधि सुधार गर्दै यही साउन १ गते देखि ५ सय क्षमतामा प्रशारण शुरु गर्ने भएको छ ।
प्रविधि सुधार र क्षमता विस्तारसंगै साउन १ गते देखि रेडियो स्काई ८८ दशमलब ४ मेगाहर्जबाट परिवर्तन भै ९० दशमलब ४ मेगाहर्जमा प्रशारण शुरु हुने समेत रेडियोले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग