Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडकको काम गर्दागर्दै मृत्यु

Published on 10:15:00 AM //

सीता भण्डारी
गुल्मी, १८ असार । गुल्मीको गौँडाकोट गाविसमा सडकमा काम गर्दागर्दै एक जनाको मृत्यु भएको छ । गौँडाकोट गाविस ७ का ५२ बर्षिय शेर बहादुर महतरा रुन्खादह नजिकै सडकमा काम गदै गर्दा बेहोस भएका थिए । सडको नाली सफा गर्दैगर्दा बेहोस भएर लडेको केही समयमै उनको मृत्यु भएपछि सँगै काम गर्ने स्थानीय परशुराम चुँदालीले प्रहरीलाई खवर गरेका थिए । बेहोस भएका महतराको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ । महतराको जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग