Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विकासको क्षेत्रमा कलम चलाउनेहरुका लागि पत्रकारीता तालिम

Published on 12:16:00 PM //

गगनशिला खड्का
गुल्मी ।  पत्रकारीताको माध्यमबाट विकासको क्षेत्रमा कलम चलाउँदै आएका गुल्मीका क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धीका लागि सञ्चारीका समुह गुल्मीले विकास पत्रकारीता तालिम सञ्चालन गरेको छ । गुल्मी जिल्लामा विकासका क्षेत्रमा कलम चलाउने पत्रकारलाई थप सक्षम बनाउने उदेश्यका साथ तालिम आयोजना गरीएको हो ।

तालीम पछि पत्रकारहरु आफ्नो क्षेत्रमा भईरहेका गतिविधीलाई आ—आफ्ना सञ्चारमाध्यम मार्फत बाहिर ल्याउन सक्षम बन्ने संस्थाले अपेक्षा लिएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतमले परम्परागत पत्रकारिताका कारण विकास पत्रकारीता बर्तमान समयमा आझेलमा परेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा विकास पत्रकारिताको ठूलो मूल्य रहने भएकोले अवको पत्रकारिता विकास पत्रकारिता हुनुपर्ने बताउनुभयो । गौतमले जिल्लामा रहेर एउटा विटमा मात्रै समाचार सम्प्रेषण गर्नुभन्दा पनि धेरै विषयमा समाचार लेख्नुपर्ने हुदाँ पत्रकाहरु कुनै एउटा विषयमा दक्ष बन्न नसकेको बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरेले राष्ट्रिय मिडियाहरुले विकासे समाचार भन्दा पनि राजनीतिक समाचारलाई प्राथमिकता दिएकोमा दुख ब्यक्त गर्नुभयो  । स्थानीय स्तरमा पनि त्यसैको सिको हुँदै जाँदा जरवजस्त राजनीतिक समाचारले ठूलो हिस्सा ओगट्ने गरेको उहाँको भनाई रहेको छ । घिमिरेले सञ्चारको क्षेत्रमा महिला पत्रकारहरुको उपस्थिती न्युन रहेको बताउँदै गुल्मी जिल्लामा सञ्चारिका समुहको उपस्थितीले महिला पत्रकारहरुको गुणात्मक र  सँख्यात्मक बृद्धीका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै  क्रान्तिकारी पत्रकार संघ गुल्मीका अध्यक्ष भरत पाण्डेले विकास निर्माणको क्रममा हुने थुप्रै अनियमितता तथा भ्रष्ट्रचारमा पत्रकारको आँखा नपुगेको औँल्याए । उहाँले स्थानीय नागरिकको जीविकासंग विकाश जोडीएकोले उदाहरणीय विकाशे कामको अनुकरण गर्न र नकारात्मक पक्ष तथा अनियमितता रोक्न विकाश पत्रकारीता गर्नुपर्ने बताउनुभयो।

स्थानीय स्तरमा विकासले पारेका सकारात्मक तथा नकरात्मक प्रभावहरुको विषयमा पत्रकारहरुलाई कलम चलाउनको लागी दिशा निर्देश गर्ने अभिप्रायका साथ उक्त तालीमको आयोजना गरिएको संचारिका समूहका अध्यक्ष गगनशिला खड्काले बताउनुभयो । उहाँले महिला पत्रकारहरु संग पेशागत चुनौती रहेको बताउँदै चुनौतीको सामाना गर्न पनि महिला पत्रकारहरु संगठित हुनुपर्ने आबश्यक्ता रहेको बताउनुभयो उद्घाटन शत्रको कार्यक्रम संचरिका समूहकी गुल्मी संयोजक गगनशिला खड्को अध्यक्षता तथा सदस्य सीता भण्डारीको संचालनमा सम्पन्न भएको थियो । जिल्ला विकाश समितिको सहयोगमा सञ्चालित तीनदिने तालिममा १५ जना क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको छ ।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग