Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका पूर्व सांसद टंक प्रसाद पोखरेल एकिकृत माओबादीमा

Published on 2:22:00 AM //

संगिता कुँवर
साउन ३, गुल्मी । नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने गुल्मीका पूर्व सांसद टंक प्रसाद पोखरेल एकिकृत माओबादीमा प्रवेश गर्नुभएको छ । एकिकृत माओबादीको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले उहाँलाई पार्टी प्रवेश गराउनुभएको छ ।
२०५१ सालको मध्यावधी निर्वाचनमा गुल्मी क्षेत्र नं.३ बाट निर्वाचित सांसद पोखरेल एमाले विभाजनपछि बनेको मालेका केन्द्रिय न्यायिक कमिटिका सदस्य रहनुभएको थियो । उहाँसंगै गणेश विक र बाबुराम खरेलले पनि एकिकृत माओवादी प्रवेश गर्नुभएको छ । उनीहरु पनि एमाले परित्याग गरि एकिकृत माओबादीमा प्रवेश गरेका हुन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग