Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 8:52:00 AM //

-कल्पना पौडेल "जिज्ञासु"

ढुङ्गालाई देउता मानी फूल-अक्षता छर्छौँ हामी
अछुत भनी मानवलाई नै अपमान गर्छौँ हामी

संसारभरका प्राणी जाती ईश्वरकै सन्तान हुन्
पशुबली चढाएर पापको घैला भर्छौँ हामी

सानो चोट लाग्दा हाम्लाई रुन्छौँ पिडा भयो भन्दै
जिब जन्तुको मासु खान तिनको प्राण हर्छौँ हामी

नारी र पुरुष भन्ने दुईटा मात्र जात हुन नि
अनेक थरी धर्म अनी जातजाती र थरछौँ हामी

कुरुती र कुसँस्कारलाई यथाबतै कायम राखी
पुण्य पाउन हत्या गरी आफै तल झर्छौँ हामी


गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग