Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै बाख्रा पालेर मालामाल

Published on 3:34:00 PM //

सागर भण्डारी
बागलुङ, असार २४ । बागलुङ जिल्लाको गलकोट गाउँ विकाास समिित वडा नं.८ सुखौराका हरि थापाले व्यवसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आईरहनुभएको छ ।
रोजगारको लागि विदेशिनै पर्छ भन्ने मान्यतालाई चुनौती दिँदै विगत ४ वर्ष अगाडि २ लाख रुपैँयाको लगानी गरी ३५ वटा बाख्राबाट व्यवसाय सुरु गर्नुभएका थापाले अहिले मासिक २५ देखि ३० हजार सम्म आम्दानी गर्न सफल भएको बताउनुहुन्छ । यसबाट आफ्नो ५ जनाको परिवार राम्रोसगं चलेको र स्थानीय एक जनालाई रोजगारी समेत दिएको पनि थापाले बताउनुभयो ।

चरन क्षेत्र पनि राम्रो रहेकोले उहाँलाइ बाख्रा पालनमा थप सहजता भएको छ । साथी भाईँको लहलहैमा लागेर ७ वर्ष कतारमा बसेर समेत कुनै उपलब्धी नभएपछि थापाले रोजगारको लागि विदेशीको गुलामी गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्ने सन्देश दिनुहुन्छ ।
थापाले उत्पादन गरेका बाख्रा सुखौरा, सल्यान, काँडेबास, गल्कोट लगायत गुल्मीको शान्तिपुरमा समेत बिक्री हुँदै आईरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग