Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो प्रवासी नेपाली संघ भारतको वनभोज (फोटो फिचर)

Published on 3:26:00 PM //

बावुराम थापा
दिल्ली, २३ असार । प्रवासी नेपाली संघ भारत दिल्ली दक्षिण पश्चिम नगर समितिको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
राम धमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका वरिष्ठ सल्लाहकार खिम चन्द्र ढकाल हुनुहुन्थ्यो । अतिथिहरुमा प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य एक नारायण ढकाल, प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य एवं सम्पर्क सचिव गोपाल थापा, प्रवासी नेपाली संघ दिल्ली राज्य प्रमुख सल्लाहकार टिकाराम पोख्रेल र मित्र घिमिरे उपस्थित हुनुहुन्थ्यो । उक्त बनभोज कार्यक्रमका प्रमुख अतिथि खिम चन्द्र ढकालले वर्तमान नेपालको राजनितिक अवस्था बारे विस्तृतरुपमा जानकारी गराउनु भएको थियो । उहाँले भारतमा रहेका अनुमानित ५०लाख नेपालीहरुलाई मंसिर चार मा हुन गईरहेको संविधान सभाको निर्वाचनमा सहभागी हुन आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा भारतमा अध्यनरत नेपाली विधार्थीहरुले बोर्ड परिक्षा मा ७५ प्रतिशत भन्दा बढि अंक लिएकोमा पुरस्कृत गरिएको थियो । दिल्लीमा अध्यनरत गिता घिमिरेले बोर्ड परिक्षामा ९८ प्रतिशत अंक लिएर उतिर्ण भएकी थिइन् । साथै विद्यार्थी भाईबहिनीहरु विच हाजिरि जवाफ प्रतियोगिता, महिलाहरु विच घैँटाफोर कार्यक्रम र चम्मच दौड प्रतियोगिता तथा प्रतिभा प्रदर्शन कार्यक्रमको पनि आयोजना गरिएको थियो । हाजिरि जवाफ प्रतियोगितामा प्रथम स्थानमा धौलागिरि टिमकी कप्तान गिता घिमिरे, दोस्रो स्थानमा सगरमाथा टिमकी कप्तान सम्झना तिवारी र तेस्रो स्थानमा अन्नपुर्ण टिमका कप्तान अजुन गिरीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको संचालन घनबहादुर ज्यूले गर्नुभएको थियो ।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग