Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खाल्डोले बालकको ज्यान लियो, राहत दिईएन

Published on 2:59:00 PM //

प्रेम सुनार
साउन २५, गुल्मी । सडक डिभिजन कार्यालय पाल्पाको लपर्वाहीका कारण केहि दिन अघि सदरमुकाम तम्घासमा एक जना वालकको ज्यान गए पनि मृतकका परिवारजनले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।
तम्घास ८ को साखिने डाँडामा साउन ७ गते दिउँसो सडक विभागले बाटो खन्दा परेको खाडलको पानीमा डुबेर तम्घास बस्दै आएका ईस्मा रजस्थल ८ का १० वर्षिय बलाक शन्देश परियारको ज्यान गएको थियो । मृतक वालकका बाबु कृष्ण परियारले  प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई भेटी सडक विभागबाट राहत दिलाई दिन माग गरेका थिए । तर जवाफमा उनले त्यो सडक कार्यालयले जान्ने कुरा हो भन्दै उतै निवेदन दिन सक्ने बताएको परियारले बताए ।
राहतका सम्वन्धमा सडक डिभिजन कार्यालय प्रमुख संग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन । स्थानिय भद्र भलादमीहरुले बाटोमा त्यस्तो ज्यान जाने गरी सडक कार्यालयले खाडल खनेर बालकको डुवेर ज्यान जाँदा राहत दिनु पर्ने तर्कगर्दै आएका छन् । बालकका परिवार जनको अवस्था नाजुक छ । उनिहरुलाई सिलाई ब्यबसायी संघले ८ हजार आर्थिक सहयोग गरेको संघका सदस्यडिलबहादुर परियारले बताए । प्रमुख जिल्ला अधिकारी ढकालले त्यो खाडल तत्काल पुर्न सुझाव दिएको बताए पनि अहिले सम्म सडक कार्यालयले पुरेको छैन् ।खाडल सडक कार्यालयले अहिले सम्म नपुर्दादाँ फेरी अरु वाल वालिका पनि  डुबेर मर्ने हुन की भन्ने त्रासमाा छन् स्थानियबासी ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग