Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा आत्महत्याको संख्यामा झन्डै दोब्बरले बृद्धि, जनचेतनाको खाँचो

Published on 12:50:00 PM //

प्रेम सुनार
साउन २५, गुल्मी । विगत तिन वर्षको तुलनामा यस वर्ष गुल्मीमा आत्महत्याको संख्या दोब्बर जसो बृद्धि भए पनि त्यसको न्युनिकरणका लागि कुनै निकायले चासो देखाएका छैनन ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत निशान्त श्रीवास्तवले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०६७-०६८ मा ३३ जनाले आत्महत्या गरेका थिए । २०६८-०६९ मा ३७ जनाले गरेका थिए भने आर्थिक वर्ष २०६९-७० मा त्यसको झण्डै दोब्बर ६२ जनाले आत्महत्या गरेका छन् । त्यस मध्ये ५१ जना झुण्डीएर आत्महत्या गरेका छन् भने १० जना विष सेवन र एक जना  खोलामा हाम्फालेर आत्महत्या गरेका छन् । यस वर्ष ११ वर्षिया बालिका प्राप्ती थापाले समेत आत्महत्या गरिन ।
अर्घाखाँची सिमल पानी घर भई गुल्मीको शान्तिपुर मावली घरमा उनले कोठामा झुण्डीएर आत्महत्या गरेकी हुन् । कक्षा ३ मा पढ्ने उनी स्कुलबाट घर आएको केहि बेरमा आत्महत्या गरेकी थिईन । बाबु-आमा बुटवल बस्दै आएका थिए । हजुर आमासंग बस्दै आएकी उनले ७ दिन अघि मात्र अस्याट लाग्यो मम्मी भन्दै बोलाए पछि आमा भेट्न आएकी थिईन । यसरी ११ वर्षकी बालिका झुण्डीएर ज्यान हाल्दा समेत कारण के थियो त ? खोजि गरिएन ।
कतै बिवाहको चार दिन नवित्दै आत्महत्या, कतै प्रेमीले धोका दिएर आत्महत्या, कतै श्रीमानले तनाव दिएर आत्महत्या, कतै बैदेशिक रोजगारमा रहेको श्रीमान र उसका परिवारले विभिन्न आरोप लगाए पछि आत्महत्या त कतै दाईजो कम ल्याएको भन्दै आत्महत्या गत तिन वर्ष यता गुल्मीमा महिलआत्मा हत्याका कारणहरु बढी देखिन्छन् । त्यस्तै पुरुषआत्म हत्याका कारणहरुमा कोहि लामो समय देखि विरामी परेर उपचार गराउन नसकेको, कोही ऋण बढि भएको त कोही श्रीमति र प्रेमीकाले धोका दिएको पारिबारिक श्रोतको भनाई रहँदै आएको छ ।
अस्ती बुधबार मात्रै सिमीचौर ३ का ३५ वर्षिया गोन्दिप्रसाद पाण्डेले विष सेवन गरेका छन् । उनलाई थप उपचारको लागि पाल्पा पठाईएको प्रहरीले जनकारी दिएको छ ।
केहि दिन अघि नेपाल प्रहरीका पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नावव मह निरक्षक सुरेन्द्रबहादुर शाहले समेत गुल्मी आउँदा चिन्ता ब्यक्त गरेका थिए । उनले गुल्मीको आत्महत्याको संख्या भयावह स्थितीमा रहेको भन्दै प्रहरी र विभिन्न निकायबाट जन चेतनाको खाँचो औलाएका थिए । आत्महत्याको संख्या बृद्धि हुनमा पिडक पक्षलाई कुनै  प्रकारको कार्वाही नहुनु पनि अर्को कारण भएको मृतकका परिवारजनको गुनासो छ । त्यस्तै कतिपय आत्महत्या भनिएका रहस्यमय मृत्यु घटनाको समेत छानविन नभई आत्महत्या मै घटना दर्ज हुने भएकोले पनि बढेको हुन सक्ने पिडित पक्षको दुखेसो छ ।
केहि दिन अघि अमरपुरमा श्रीमानले श्रीमति मारेको घटनामा प्रहरीले आत्महत्या भनेर श्रीमानलाई केहि दिन पछि छाडेको थियो तर उनकी आमाले छोराले मारेर माथी आँटीमा लगेर झुण्डाएको हो भन्दै बयान दिए पछि बल्ल प्रहरीले हत्या भन्दै ति छाडिएका श्रीमानलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो । अदालतले निजलाई पुर्पक्षका लागि थुनामा कारागार चलान गरेको छ ।
यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले पनि गुल्मीको आत्मअत्या बृद्धि दर भयबह स्थितीकोभएकोले प्रहरी जनता मिलेर जन चेतना फैलाउनु पर्नेमा जोड दिए । उनले भने–‘म भर्खरै आएको मान्छे, हाम्रा भाईहबाट बुझदा आत्मा हत्याको संख्य बुझ्दा अन्य जिल्लाको तुलनामा अलि धेरै नै पाएँ ।’ उनले थपे–‘कारणः गरिवी, बैदेशिक रोजगारका कारण उत्पन्न विवाद आदी देखिन आएकोले यि कारक पक्षका विषयमा जन चेतना आवस्यक भई सक्यो हामी यसबारे वृहत छलफल समेत गदैं छौ । ’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग