Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्गा र बिष्णुको प्रेमलाई कसैले रोक्न सकेन, अन्तत: गरेरै छाडे अन्तर्जातिय विवाह

Published on 5:20:00 AM //

प्रेम सुनार
भद्रा ७, गुल्मी । रेडियो पत्रिका ओझेलका खवरमा सुन्नुभएकै थियो, बरु भोकै बसौँला, साग सिस्नो जे पाईएला त्यही खाउँला, दलित, तल्लो जाती भनेको केहो मलाई थाहा छैन, थाह छ त मलाई मेरो प्यार विष्णु, जति चोटी मलाई लापत्ता पारुन, म बाँचेसम्म उनैसित आउनेछु । ति थिईन गुल्मी अमरमुरकी दुर्गा पोख्रेल । जसले अमरमुर ८ निवासी १८ वर्षिय विष्णु नेपालीसंग प्रेम विवाह गरेर हिँडेकी थिईन ।
पछि विभिन्न षडयन्त्र गरेर घर बोलाए परिवारले । अनि विष्णुलाई बाल विवहाको मुद्धामा जेल जाने की केटी छोड्ने ? बनाए । विष्णु केहि समयलाई हुन्छ भन्न बाध्य भए । पछि दुर्गालाई बुटवलतिर लगियो र नजरबन्दमा राखिएको मान्छेलाई जस्तो बनाएर राखियो । बाहिर निस्कन नदिने, विवाह गर्ने स्वजातिय केटा ल्याउने अनेक गरियो तर उनका सामु सुनको मुर्ती ल्याए पनि उनै विष्णु हिरा-मोती सवथोक बने उनको दिलमा । ज्यानको डरले भागेर भारततिर हिं'डेका विष्णुसँग फोन सम्पर्क गरिन् दुर्गाले । विष्णु घर आए ।
दुर्गा सिधै विष्णुको घर भित्रिन पुगिन । दुर्घा र विष्णुको प्रेम कथाका खलपात्र थिए दुर्गाका काका भिमप्रसाद पोखरेल । जो एक शिक्षक समेत थिए । गत जेठको कुरा थियो उनै शिक्षक भिमप्रसादले दोश्रो पटक फेरी खोसेर विष्णुको घरबाट लछार्दै, पिट्दै घर ल्याएर झण्डै छ घण्टा सम्म कोठामा ल्याएर थुने, कुटपिट गरे। ‘बरु विष खाएर मर् वा झुण्डिएर मर्छिस भने डोरी दिन्छु तर त्यो तल्लो जातसंग जानै दिन्न’ काका भिमप्रसादले भन्नेगरेको दुर्गाले बताउँदै भनेकी थिईन, "हामीलाई छुट्न नदिनुहोला है दादा......" ति अश्रुधारा दुर्गाको सम्झीन्छ यो संबाददाता यतिबेला ।
तल्ला जातसंग विवाह  भा’छैन भन्ने पारेर चोख्याउँदै अलि टाढाको स्वजातिय केटासंग विवहा गराउने प्रपञ्जलाई उनले राम्ररी बुझेकी थिईन । त्यसैले उनि भागेर तम्घास आईन र ओझेलका खवर मार्फत विष्णुसंग प्रेम विवाह गरेको र कसैले छुटाएर नछुटिने उद्घोष गरिन, तर दुर्भाग्य प्रहरीले स्थानिय राजनैतिक दलका मान्छेहरुको कुरा सुनेर विष्णुलाई तर्साउँदै घर जा भन्यो । दुर्घालाई कानुन विपरित ३ दिन भन्दा बढि थुनेर विष्णु प्रति परिवारले उत्पन्न गराएको भन्दा बढि घृणा फैलाउने भुमिका खेल्यो । तेश्रो दिन यो संबाददाता पुगेर किन यसरी थुन्नुभा’छ भनेर सोध्धा पहरी निरक्षक जितेन्द्र बस्नेत भन्दै थिए थुनेको होईन परिवार नआएर संरक्षणमा राखेको हो । त्यस भेगमा घर हुने एक जना एमाले कार्यकर्ता पोखरेल परिवारको पक्ष लिएर अगुवाई गरिरहेका थिए । जसले ओझेलका खवरममा त्यो कुरा सुनाईदियो भनेर यो संबाददाताको चर्को विरोध गरियो । नभन्दै परिवार बोलाईयो र तेश्रो पटक पनि विष्णुबाट छुटाईयो । उनि डाँको छाड्दै जिल्ला प्रहरी कार्यालयको गेटबाट बाहिरिँदै गर्दा विष्णु र दुर्गाले जिल्ला विकास समितिको गेटबाट अब कसैले छुटाउन ्सक्दैनन् भन्दै फोटो खिछेको याद आयो । विष्णु तम्घास मै कुरेर बसेका थिए । नजिक पर्न सक्ने अवस्था थिएन । वागमारेसम्म लुकी लुकी दुर्गालाई निँयाल्दै हिँडे उनी तर दुर्गाको एक नजर विष्णु तर्फ पर्न दिएनन् परिवारले । त्यसपछि रुँदै उनलाई विर्सने प्रयास गरेका विष्णु घर गए ।
दुर्गालाई तेश्रो पटक पनि परिवारले बुटवलतिर लगेर उनको मन वदल्न गर्न सम्मको प्रयास ग¥यो । फेरी एकसे एक केटा देखाउन थाल्यो । तर कसैको केहि लागेन । अन्ततः माटैमुनी लुकाए झैँ लुकाईएकी दुर्गा चौथो पटक पनि भागेर विष्णुकै भएकी छन्। उनिहरु त्यहाँबाट भागेर भारततिर सुखद दाम्पत्य जिवन विताएको परिवारले बताएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग