Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेविसंघले जिल्लाभर आफ्ना विद्यार्थी कार्यकर्ता परिचालन गर्ने

Published on 1:22:00 AM //

संगिता कुवँर
गुल्मी, साउन २९ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, जिल्ला कार्य समितिको भेला मंगलवार नेपाली काँग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनमा सम्पन्न भएको छ ।
विद्यार्थीको भेलाले उच्च माध्यमिक विद्यालय तथा क्याम्पसको इकाई समिति र क्षेत्रीय समितिको गठन पश्चात जिल्ला कार्य समितिको निर्माण गर्ने निर्णय गरेको छ । त्यसका लागि उच्च माध्यमिक तथा क्याम्पस इकाई समितिको गठनका लागि हाल जिल्ला कार्य समितिमा रहेका पदाधिकारीहरु सहित जिल्लाका सवै क्षेत्रमा व्यापक रुपमा परिचालित हुने निर्णय समेत गरेको छ । भेलामा प्रमुख अतिथि समेत रहनुभएका नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठले नेपाल विद्यार्थी संघको इकाई तथा क्षेत्रीय अधिवेशन सम्पन्न गरी संगठनलाई थप सशक्त रुपवाट अगाडी वढ्न सुझाव दिनुभयो । साथै उहाँले आसन्न चुनावका लागि नेपाल विद्यार्थी संघको महत्वपुर्ण भूमिका रहने वताउँदै आपसी समझदारीवाट जिल्ला कार्य समितिको सफल नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभयो ।
भेलामा विशेष अतिथि समेत रहनुभएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य वलदेव तिमल्सिनाले विद्यार्थीहरुलाई सशक्त वनाएमा काँग्रेस मजवुद हुने वताउँदै गुल्मी जिल्लामा नेविसंघको गठन निष्पक्ष तथा आपसी समझदारीवाट गठन गर्ने र त्यसका लागि इकाई समिति गठन कार्यलाई पुर्णता दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव द्धय विष्णु वलाल, छन्दवहादुर पहराई, महाधिवेशन प्रतिनिधी विष्णु पन्थी, शिक्षा क्याम्पस काठमाण्डौका स्ववियूका पुर्व सभापति डिल्लीराज सुवेदी, नेविसंघका पुर्व जिल्ला अध्यक्ष प्रेम पुन लगायतले आसन्न संविधानसभाको निर्वाचनलाई केन्द्रीत गर्दै जिल्लाका सवै क्षेत्रमा विद्यार्थीहरु पनि सशक्त रुपमा परिचालित हुनुपर्नेमा जोड दिनुभएको थियो । भेलामा तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा, नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र विश्वकर्मा, रेसुङ्गा क्याम्पसका इकाई सभापति ऋषि राना मगर, वुटवल क्याम्पसका पुर्व स्ववियू सभापति मुक्ती पौडेल, रुरु संस्कृत विद्यापीठका इकाई सभापति इश्वरी अर्याल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
भेलामा जिल्ला कार्य समिति निर्माणका विषयमा व्यापक छलफल भएको थियो । भेला नेविसंघका जिल्ला अध्यक्ष कृष्ण अर्यालको अध्यक्षतामा सम्पन्न भेलामा उपसभापति निरोज मरासिनीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव पुर्ण के.सी.ले गर्नुभएको थियो । सोही अवसरमा रेसुङ्गा क्याम्पसका इकाई सदस्य नेत्र अर्यालले विद्यार्थीहरुको एकता र भूमिका लगायतका विषयवस्तुलाई समेट्दै गजल प्रस्तुत गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग