Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तर प्रवासी नेपाली भलिबल प्रतियोगिताको उपाधी स्याङ्जालाई, गुल्मीले दोस्रो स्थानमै चित्त बुझायो

Published on 2:36:00 AM //

हिम शिखर
दिल्ली (भारत) । अन्तर प्रवासी नेपाली भलिबल प्रतियोगिताको पहिलो चरणको खेल १५ अगस्तको दिन र फाईनल खेल १८ अगस्तमा दिल्लीको विकाशपुरीमा सम्पन्न भएको छ ।
जम्मा २९ टिमको सहभागिता रहेको उक्त प्रतिस्पर्धामा स्याङजा आँधीखोला प्रथम स्थान हासिल गर्दै विजयी भएको छ भने गुल्मी गुडगाँव दोस्रो स्थानमा र लुम्बिनी क्लव तेस्रो स्थानमा रहेका छन् । उक्त भलिबल प्रत्योगिता प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समिति खेलकुद विभाग अन्तर्गत बाहिरी दिल्ली समितिको आयोजनामा भएको थियो ।

कुलवा धमेलको अध्यक्षतामा सम्पन्न भएको उक्त भलिबल खेलमा अतिथिहरु प्रवासी नेपाली संघ भारत केन्द्रीय खेलकुद विभागका टिकाराम पोख्रेल, सुर्यप्रसाद बस्याल, विमलराज पौडेल, बावुराम भण्डारी, बमन धामी र श्रीमती सरस्वती भण्डारी हुनुहन्थ्यो । उक्त खेलको संचालन गुम बहादुर थापाले गर्नुभएको थियो ।





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग