Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकजुट बन्दै न्युयोर्कमा रहेका गुल्मेलीहरु (फोटो फिचर )

Published on 2:43:00 AM //

न्युयोर्क । गुल्मी जिल्लाबाट न्युयोर्कमा आएर बसोवास गरिरहेका गुल्मेलीहरु एकजुट हुने भएका छन् । गुल्मी जिल्लाको बिभिन्न स्थानबाट न्युयोर्कमा आएर बसोबास गरिरहेका गुल्मेलीहरुले आइतबार न्युयोर्कमा एक सामुहिक बनभोज कार्यक्रम गरेर एकजुट हुन थालेका हुन् ।
८३ जनाको संख्यामा न्युयोर्ककको रोकल्याण्ड स्टेट पार्कमा जम्मा भएका गुल्मेलीहरुले गुल्मीबाट अमेरिकामा आएका सबैलाई समेट्ने उद्धेश्यका साथ एक समितीको समेत गठन गरेका छन् । समितीलाई आगामी एक बर्ष भित्र संस्था दर्ता गर्ने र अमेरिकाका बिभिन्न स्टेटमा रहेका गुल्मेलीहरुलाई भेला गरेर अधिवेशन गर्ने समेत जिम्मेवारी दिइएको जनाईएको छ । गोमा सेनको संयोजकत्वमा गठन गरिएको ९ सदस्यीय तदर्थ समितीको सचिवमा मन मोहनसिंह घिमीरे रहनुभएको छ भने सदस्यहरुमा हरि नारायण सापकोटा, कृष्ण पन्त, राजेन्द्र गौतम, भिम पन्त, अशोक ज्ञवाली, यम अर्याल र गोबिन्द पाण्डे रहनुभएको छ ।
समितीले गुल्मी तथा गुल्मीबाट अमेरिकामा आएका गुल्मेलीहरुको हितमा सकृय रुपमा काम गर्ने उद्धेश्य लिएको संस्थाका सचिव घिमीरेद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । कार्यक्रममा न्युयोर्कमा रहेको नेपाल मिसनमा काउन्सुलरको रुपमा कार्यरत घनश्याम लम्साल, नेपाली राजदुतावस वासिंगटन डिसीमा कार्यरत जितबहादुर कार्की, बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्री, गोमा सेन, लक्ष्मण अर्याल, भिम पन्त लगाएतले गुल्मीबाट अमेरिकामा आएका नेपालीहरु बिच सहकार्य र एकता हुनु खुशीको कुरा भएको बताउदै आयोजकहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । न्युयोर्कमा रहेका गुल्मेलीहरुलाई एउटै स्थलमा भेला गराउन हरि नारायण सापकोटा, राजेन्द्र गौतम, कृष्ण पन्त, मनमोहन सिंह घिमीरे लगाएतको सकृयता रहेको थियो ।





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग