Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला स्वास्थ्य कार्यालयको शिबिरमा २ सय ६४ जनाको परिक्षण

Published on 9:14:00 PM //

संगिता कुवँर
साउन ३२, गुल्मी । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको स्वास्थ्य शिविरमा २ सय ६४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । लुम्बिनि मेडिकल कलेजको समन्वयमा जिल्ला अस्पताल तम्घासमा भएको शिविरमा परीक्षण गरिएका मध्ये ११ जनालाई अप्रेशनको लुम्विनी मेडिकल कलेज पाल्पा रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

रिफर गरीएकालाई ४० प्रतिशत छुटमा अप्रेशन गरिने अस्तालले जानकारी दिएको छ । शिविरमा पित्त थैली, मृघौला, निमोनिया, नसा सम्बन्धी समस्या, महिला सम्बन्धी विभिन्न समस्याको परीक्षण गरिएको थियो । कमजोर आर्थिक अबस्था भएर उपचार गराउन नसक्ने बिरमीलाई लक्षित गर्दै शिविर आयोजना गरिएको शिविर संयोजक कृष्ण पराजुलीले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग