Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्थिक अभावका कारण दलित युवा क्याम्पस पढ्न सकेनन् (अडियो कुराकानी सहित)

Published on 2:37:00 AM //

प्रेम सुनार
साउन २७, गुल्मी । उनिसँगै यस वर्ष एसएलसी पास गरेका साथीहरुले क्याम्पस पढ्न थालेको उहिल्लै हो । अव त आज पुरुक परिक्षामा पास हुने साथीहरु पनि क्याम्पस पढन् जाने छन तर प्रथम श्रेणीमा एसएलसी परिक्षा उतिर्ण गरेका उनी अर्थात गुल्मी अर्खलेका एक दलित युवा भने आर्थिक अभावका कारण क्याम्पस भर्ना हुन सकेका छैनन् ।
जनसहयोग माध्यमिक बिद्यालय अर्खले लामडाँडाबाट प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेका सुनिल सुनार क्याम्पस भर्ना हुन नसकेका हुन् । ‘वुवा भारतमा सामन्य मजदुरी गर्नुहुन्छ एउटी आमाको निमेक मजुदुरीबाट क्याम्पस भर्ना हुन सकिन’, सुनिलले भने "क्याम्पस पढ्ने धोको पुरा गराई दिन संघ संस्था वा सहयोगी ब्याक्तिहरुसँग आग्रह गर्दछु ।’ बाबुले कमाई पठाउने बेला सम्म दिदीले क्याम्पस पढ्नु भयो तर अहिले अवस्था त्यस्तो छैन क्याम्स पढ्ने ईच्छा छ तर मम्मीले सक्नु भएन भन्दै सुनिलले बाध्य भएर सञ्चार माध्यमको सहरा लिन आएको बताए । त्यस विध्यालयका शिक्षक कृष्ण प्रयासीले पनि सुनिलको घरको आर्थिक अवस्था दयानिय भएकोले कुनै संस्थाले उनको पढ्ने धोको पुरा गराई दिए धन्य हुने बताए ।
यसै बिषयमा सुनिलसँग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले गर्नुभएको छोटो कुराकानी:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग