Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

न्याय नपाउँदा दलित महिला सडकमा

Published on 12:08:00 AM //

प्रेम सुनार
साउन १७, गुल्मी । गैह्र दलित पुरुषसंगको अवैध सम्वन्धबाट घर निकाला भएकी गुल्मी पुर्कोटदहकी एक दलित महिला संवन्धीत निकायबाट न्याय नपाएपछि गत ६ महिनादेखि घरवार विहिन भई सडक छाप बनेकी छन् । पुर्कोटदह गाविस वडा नम्वर ५ निवासी ३२ वर्षिया मिना परियार पुर्कोटदह ६ का मनोज थापासंगको अवैध यौन सम्वन्धबाट अलपत्र परेकी हुन् । गत माघ २२ गते राती परियारकै घर भित्र पसेर श्रीमानले थापाले उनिसंग अवैध सम्वन्ध राखेको भन्दै उनकै श्रीमती सुप्रभा थापाले प्रहरीमा उजुरी दिएपछि उनि अलपत्र पर्नु परेको थियो ।

परिवारकै रोहबरमा मिलापत्र

आफुले ति दुबै जनालाई रंगेहता पक्राउ गरेको भन्दै माघ २३ गते थापा पत्नी सुप्रभाले ईलाका प्रहरी कार्यालय पुर्कोटदहमा उजुरी दिएपछि ति दुबैजनालो आफुहरु विच गत ९ महिनादेखि अवैध सम्वन्ध रहँदै आएको रहस्य खोल्दै थापाले मिनालाई दोश्री पत्नीका रुपमा स्वीकार गरी मिलापत्र कागजमा हस्ताक्षर गरेका थिए । स्थानिय राजनैतिक दल, महिला प्रतिनिधी, प्रहरी र थापाकी श्रीमती छोराछोरी बाबु सबैको रोहवरमा गरिएको मिलापत्र कागजमा जेठी श्रीमति सुप्रभा, उनका छोरा छोरीलाई प्रयाप्त अंश छुट्यार मिना र मनोजलाई पनि अंश छुटयाईको थियो ।

राती एक्छिनसँगै सुतेर भागे 

मनोजका बाबु र जेठी श्रीमति सुप्रभाले उनिहरुलाई घर भित्र पस्न नदिने भन्दै भोली गोठ वारी दिन्छौ, आज यहि होटलमा बस भनेर घरतिर लागेका थिए । त्यस अघि मनोजका बाबु , प्युठान निवासी उनका जेठानले मनोजलाई एकान्तमा  लगेको र उनिहरुकै षडयन्त्रमा सोही रात मनोजलाई भगाएर आफुलाई अलपत्र पारेको मिनाले बताईन् । "राती केहि बेर संगै सुत्यौ मिनाले भनिन् केहि छिन पछि उहाँले पल्लो कोठामा जान्छु भन्दै हिँड्नुभयो र भाग्नुभयो" –उनले भनिन् ।

कसरी फसाए त मिनालाई मनोजले ? 
मिना भन्छिन् ‘अघिल्लो साल असारको कुरा थियो उहाँ आउनु भयो र शरिरमा हात लगाएर असाध्धै माया गर्छु भन्नु भयो । मैले त्यसो नगर्नुस् तपाईका पनि श्रीमती छोराछोरी छन् मेरा श्रीमान (बब्लु परियार)ले मलाई बेवास्ता गर्दै अर्को विवाह गरी नारायणघाटमा वसे पनि सम्पत्ती छ,  छोरा छोरी छन् भने । उनले थपिन्–‘उहाँले जवरजस्ती गर्नुभयो । त्यस दिनभर मेरै घरमा बस्नु भयो । मेरा छोरीहरु आएपछि आँटीमा गएर लुक्नुभयो । त्यस दिन देखि उहाँ निरन्तर आउँदै विवाह गर्छु भन्दै मलाई फसाउनु भयो । पछिल्लो साँझ उहाँ घर भित्र पस्नु मात्रै भएको थियो । त्यसै वेला एक्कासी  उहाँकी श्रीमती आएर रंगेहात पक्रेँ भन्दै मेरो घरवास उठाउने काम गरिन् ।’
स्थानिय महिलाहरुका अनुसार सुप्रभा पनि श्रीमानका कारण पिडित हुँदै आएकी छन् । पर स्त्रीगमनमा पल्केपछि श्रीमती थापालाई दैनिक कुटपिट गरेपछि सहनै नसकेर उनि ति जोडीलाई पक्रिन गएकी थिईन् । यद्येपी त्यस रात  धैर्य गरी अन्य माध्यमबाट ति जोडीको सम्वन्ध छुटाउन खोजिएको भए एक पुरुषबाट दुई महिला पिडित हुनु पर्ने यो अवस्था श्रृजना नहुने वुद्धिजीवीहरुको भर्नाइछ ।
इलाका  प्रहरी कार्यालय पुर्कोटदहमा लिखित सहमति कार्यन्वयन नभएपछि मिना माघ २८ गते सदरमुकाम तम्घास आए देखि नै यतै सडक मजदुरी गरेर बसेकी छन् । न्यायका लागि दलित साझा मञ्च र दलित महिला संघले पहल गर्दै आए पनि प्रशासनले न्याय दिलाउन नसक्दा उनि अलपत्र परेकी हुन् । थापा परिवारलाई स्थानिय एक राजनैतिक दलले संरक्षण गरेको र तत्कालिन प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले  कार्यन्वन गराउन आनकानी गरेपछि ति महिलालाई हिंसा पिडित महिला पुनस्थापना केन्द्रमा लागेर यहाँका अधिकारकर्मी महिलाहरुले राखेका थिए । भर्खरै स्थापना गरेको पुनस्थापना केन्द्र आर्थिक स्रोत कम भएका कारण एक महिना सम्म मिनालाई खान बस्न दुबै ब्यवस्था गरिए पनि त्यस देखि अहिले सम्म उनलाई बस्नको मात्रै ब्यवस्था मिलाईएको केन्द्रकी अध्यक्ष सिर्जना तरामु मगरले बताईन् ।
दलित महिला संघकी अध्यक्ष कमला बरालले उनलाई नियमित सहयोग गर्दै आएकी छन् । अध्यक्ष  कमला भन्छीन् –पानी नपर्ने बेला सम्म त उनले सडकमा काम गरेर पेट पालेकी थिईन पानी पर्न सुरु गरेदेखि काम नपाएर कहिलेकाँही त भोकै बस्छीन् ।‘आफुसंग भए सम्म सहयोग गरेकी छु’ उनले भनिन–‘उनको विजोग देख्दा न्याय प्रशासन नै यो मुलुकमा छैन जस्तो लाग्छ ।’ पुर्कोटदहमा त्यो लिखित सहमति भएपश्चात कमला र उनलाई सहयोग गर्ने स्थानिय दलित नेता बसन्त गैरे लगायतलाई र कमलाका पक्षमा वाकलत गरेर समचार बनायो भन्दै यसै समचारदातालाई समेत निकै धम्की स्थानिय केहि गैह्र दलित नेत्रीहरुले दिएका थिए ।
मिनाले त्यही धम्कीका कारण गाउँमा कसैको गोठ मागेर बस्न नसकेको बताईन् । न्यायका लागि पहल गरेका बसन्त गैरेको घरमा त रातमा अपरिचित समुहले ढुङ्गा प्रहार गर्ने र पख तँलाई भन्दै ईगो राख्दै आएको उनले बताए । यसरी एक पुरुषले गल्ती गर्ने दुई दुई महिला अलपत्र पार्ने र गाउँबासी विच द्धन्द्ध निम्ताउने मनोज थापालाई प्रहरीले पक्रिन सकेको छैन । दलित महिला संघ अध्यक्षका अनुसार प्रशासनबाट न्याय नपाए पछि खान बस्न र नाता कायमा गराई पाउँ भनि फागुनमा जिल्ला अदालतमा मिनाले मुद्धा दायर गरेकी छन् ।
पर्सी साउन २३ गते साक्षी बकाउन अदालते बोलाएको अध्यक्ष कमलाले बताईन् । उता थापा पक्षधरले गत माघ २३ गते पुर्कोटदहमा भएको लिखित सहमति जवर्जस्तीमा भएको भन्दै अदालतमा मुद्धा दिएको श्रोत बताउँछ । दलित साझा मञ्चका अध्यक्ष गणेश बिश्वकर्माले पटक पटक तत्कालिन प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको ध्यानकृष्ट गराउँदा पनि सुनुवाई नभएपछि सबै दलित अधिकारकर्मीहरु मिलेर अदालतमा मुद्धा दयार गराईएको बताए । बिश्वकर्माले भने –‘अव अदालतले मिनालाई न्याय दिलाउला भन्ने अपेक्षा छ , त्यहाँबाट पनि न्याय नपाए जन हस्तक्षेपवाट दोषी मनोजको घरमा लगेर भित्राउनुको विकल्प छैन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग