Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका सबै निर्वाचन क्षेत्रमा चुनाव जित्ने एमाओवादीको दावी

Published on 2:41:00 AM //

विष्णु पौडेल
गुल्मी, २३ साउन । चुनावी अभियानमा जुटेको एकीकृत नेकपा माओवादीले जिल्लाका तीन ओटै क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दावी गरेको छ ।
जिल्ला संयोजक सुदर्शन वरालले वुधवार विज्ञप्ती निकालेर हजारौँ कार्यकर्ता अरु पार्टी परित्याग गरी आफ्नो पार्टिमा प्रवेश गर्ने लहर चलेकाले जित्ने सुनिश्चित भउको दावी गरेका छन् । ‘अहिलेसम्म गरिएको चुनावी कार्यक्रम हेर्दा अरु पार्टि छोडेर हाम्रोमा आउन लहर वढेको छ,’ उनले राजधानीसँग भने, ‘एमालेको गढ मानिएको क्षेत्र नं. २ मा पनि एमाले छोडेर धेरै जना हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ, यसले हाम्रो जित सुनिश्चित गरेको छ ।’
अहिलेसम्म ५० गाविसमा भएको चुनावी कार्यक्रमवाट एमालेका पुर्व सांसदसहित ४८ जना माओवादीमा प्रवेश गरेको उनले वताए । नेकपा एमाले गुल्मीका जिल्ला कमिटि सदस्य तथा पुर्व सांसद टंकप्रसाद पोख्रेल, एमाले लुम्विनी अञ्चल कमिटि सदस्य गणेश विश्वकर्मा लगायतका नेता तथा कार्यकर्ता एमाले र नेकाली कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेको उनले वताए । माओवादीले १५ साउनदेखि जिल्लाका तिनओटै निर्वाचन क्षेत्रमा चुनावी अभियान चलाएको छ । अभियानका क्रममा निर्वाचन क्षेत्र नं. १ का १६ गाविसमा भएको चुनावी कार्यक्रमवाट २ सय ४५ कार्यकर्ता प्रशिक्षित भएका छन भने १२ जना माओवादीमा प्रवेश गरेका छन् ।
त्यस्तै क्षेत्र नं. २ १५ गासिमा भएको कार्यक्रमवाट ४ सय ४३ जना कार्यकर्ता प्रशिक्षण भएको २७ जना माओवादीमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी क्षेत्र नं. ३ मा १९ गाविसमा भएको कार्यक्रमवाट ४ सय ७४ कार्यकर्ता प्रशिक्षित भएको र ९ जना प्रवेश गरेको माओवादीले जनाएको छ । माओवादी चुनावी अभियानमा गाउँगाउँमा रहेपनि नेपाली कांग्रेस, नेकपा एमालेले भने चुनावी अभियानमा लागेका छैनन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग